हिमालयन डिस्टिलरी कम्पनीका सञ्चालक बस्न्यातकाे राजीनामा स्वीकृत

हिमालयन डिस्टिलरी कम्पनीका सञ्चालक बस्न्यातकाे राजीनामा स्वीकृत


काठमाडौं – हिमालयन डिस्टिलरी कम्पनी लिमिटेडको सञ्चालक समितिका सदस्य नरेन्द्र कुमार बस्न्यातको राजीनामा स्वीकृत भएको छ । बस्न्यातले आफ्नो स्वास्थ्यको कारण देखाई सो पदबाट राजीनामा दिएका हुन् ।

कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयबाट आजैको मितिदेखि बस्न्यातकाे राजीनामा स्वीकृत भएको सचिव निशा निरौलाले जानकारी दिएकी छिन् ।