बागमती – हेटौँडास्थित आन्तरिक राजस्व कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा चार अर्ब २५ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो । कार्यालय प्रमुख युक्तप्रसाद सुवेदीका अनुसार आव २०८१/८२ को आठ महिनामा पाँच अर्ब १६ करोड ५२ लाख ३२ राजस्व रुपैयाँ सङ्कलन गर्ने लक्ष्य रहेकामा चार अर्ब २५ करोड २० लाख ३७ हजार रुपैयाँ सङ्कलन भएको छ ।
कार्यालयले अन्तःशुल्कतर्फ दुई अर्ब ४१ कारेड ७४ लाख ४७ हजार रुपैयाँ , आयकरतर्फ ७३ करोड ५२ लाख ९२ हजार रुपैयाँ, मूल्यअभिवृद्धि करतर्फ ६१ करोड ४७ लाख ९९ हजार रुपैयाँ, स्वास्थ्य जोखिम करतर्फ ४१ करोड १३ लाख ५१ हजार रुपैयाँ , ब्याजकरतर्फ छ करोड २५ लाख ९८ हजार रुपैयाँ र बहालकरतर्फ एक करोड २५ लाख ५० हजार रुपैयाँ सङ्कलन गरेको छ ।
कार्यालयमा आयकरतर्फ ३४ हजार ४३, मूल्यअभिवृद्धितर्फ पाँच हजार नौ सय २३, अन्तःशुल्कतर्फ एक हजार छ सय चार, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगततर्फ ८३ हजार सात सय एक करदाता आबद्ध छन् ।
प्रतिक्रिया