अर्थतन्त्रमा संकट परेका बेला बैंकले फाईदा उठाएः अध्यक्ष गोल्छा

अर्थतन्त्रमा संकट परेका बेला बैंकले फाईदा उठाएः अध्यक्ष गोल्छा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्र संकग्रस्त भएको अवस्थामा बैंकहरुले अवसरको रुपमा लिएको बताएका छन् । शुक्रवार एशोसिएशन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान) ले गरेको दिगो आर्थिक विकास विषयक सम्मेलनमा बोल्दै गोल्छाले मौद्रिक नीति अर्थतन्त्रलाई संकुचित बनाउने तरिकाको भएको समेत आरोप लगाए ।

उनले राष्ट्र बैंकको मौद्धिक नीतिले नै बैंकको ब्याजदर बढाउँदा समस्या आएको समेत बताए । 

नेपालको उद्योग क्षेत्रमा अहिले ४० देखि ५० प्रतिशतको ह्रास आएको समेत उल्लेख गरे ।गोल्छाले पछिल्लो तथ्यांक हेर्दा एफडिआई (प्रत्यक्ष बैदेशिक लगानी) बढेको देखिएकाले केही समयमा नै अर्थतन्त्रमा देखिएको संकट समाधान हुने अपेक्षा ब्यक्त गरे । 
उनले लामो समय रेमिटेन्समा निर्भर भए झनै समस्या आउने बताए । गोल्छाले  नेपालको अर्थतन्त्र र नेपालीको प्रतिव्यक्ति आम्दानी ११ सय डलर पुग्नु विदेशबाट आउने रेमिट्यान्स नै भएको बताए ।