मंसिरसम्म लम्बियो आयात प्रतिबन्ध 

मंसिरसम्म लम्बियो आयात प्रतिबन्ध 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंशाख १४ बाट प्रतिबन्ध लगाएको मोबाइल, गाडी, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध मंसिरसम्म लम्बिएको छ । 

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले सो सामानमा पुन प्रतिबन्ध कायम राख्ने निर्णय गरेको सुचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
विदेशी मुद्राको सञ्चितिमा कमी आएपछि आयात प्रतिबन्ध लगाएको हो । बैंशाख देखि हाल सम्म पनि विदेशी विनिमय सञ्चितिमा कुनै प्रकारको सुधार नआएपछि सरकारले प्रतिबन्धलाई थप पारेको हो । 

पछिल्लो पटक थपिएको आयात प्रतिबन्ध असोज २८ गते सकिन लागेकोले पुनः प्रतिबन्ध लगाएको हो । 

तर, ब्यवसायीहरुले भने गैर–कानुनी रुपमा प्रतिबन्धीत सामानको आयात भएकोले सो सामानको आयातलाई फुकुवा गर्नुपर्ने माग राख्दै आएका छन् ।