अर्थतन्त्रमा दबाब छ, अझै कडाई गर्नुपर्ने देखिन्छः कार्यवाहक गभर्नर डा. ढुंङ्गना

अर्थतन्त्रमा दबाब छ, अझै कडाई गर्नुपर्ने देखिन्छः कार्यवाहक गभर्नर डा. ढुंङ्गना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर डा. निलम ढुंङ्गना तिमिल्सनाले अर्थतन्त्रमा ठूलो दबाब रहेको बताएकी छन् । शुक्रबार एसोशिएसन अफ चार्टर्ड एकाउण्टेन्टस (एक्यान)ले गरेको दीगो आर्थिक विकास विषयमा गरेको कार्यक्रममा उनले विश्वको अर्थतन्त्रमा नै ठूलो दबाब परेको बताएकी हुन् ।

नेपाल रास्ट्र बैंककी डेपुटी गभर्नर समेत रहेकी अब दीगो विकासका बहस आवश्यक रहेको पनि बताइन् । उनले वर्तमान पुस्तालाई असर नगरी भविष्यको पुस्तालाई सहयोग पुग्ने गरी काम गर्नु दीगो विकास भएको बताउँदै अर्थतन्त्रलाई पनि सोही ढंगलाई सञ्चालन गर्नु पर्ने अवस्था आएको धारणा राखिन् ।

उनले नेपाल लगायत केही देशहरू अहिले असहज परिस्थितिमा चलिरहेको बताउँदै कोरोना महामारी र रुस–यूक्रेन युद्धका कारण अर्थतन्त्रमा ठूलो प्रभाव पारेको बताइन् ।