सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २८ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।

बैंकको सोह्रौं वार्षिक साधारणसभा कार्तिक ४ गते बिहान ११ः०० बजे अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा संचालन गर्ने निर्णय गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छ । बैंकले हाल कायाम चुक्ता पुँजीको  ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।