बैंकिङ्ग समाचार, काठमाडौं ।
रुपन्देही २ को सत्ता गठबन्धनबाट प्रतिनिधी सभाको उम्मेदवार दिएको एकिकृत समाजवादीका नेता राजु गुरुङ्गको उम्मेदवारी खारेज भएको छ । अदालतले बैंकिङ्ग कसुरमा जरिवाना गरेकोले उनको उम्मेदवारी खारेज भएको हो । गुरुङ्गलाई अदालतले बैंकिङ्ग कसुर अनुसार २ हजार रुपैंया जरिवाना गरेको र सो रकम भुक्तानी नगरेको कारण उनको उम्मेदारी खारेज भएको हो ।
प्रतिक्रिया