ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न 

ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षारोपण कार्यक्रम सम्पन्न 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

ग्लोबल आइएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा विश्वविद्यालय क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

वृक्षारोपण कार्यक्रमको समुद्घाटन त्रिभुवन विश्वविद्यालय आयुर्वेद क्याम्पस प्रमुख डा। शिव मंगल प्रसाद तथा ग्लोबल आइएमई बैंक कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले विरुवा रोपेर गरेका थिए ।

विश्वविद्यालय आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पताल परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्र्तगत क्याम्पस परिसर तथा शिक्षण अस्पताल भवनदेखि मूल सडकसम्म चाँप, राजवृक्ष, पारिजात, शिरीस, अमलालगायत विभिन्न प्रजातीका विरुवा रोपण गरी विरुवाको सुरक्षाको लागि “ट्रि गार्ड” समेत लगाइएको छ ।