बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आईएमई बैंकको अध्यक्ष समेत रहेका चन्द्र ढकालले हिमालय पावर पार्टनरबाट राजिनामा दिएका छन् । असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो ।
ढकाल हिमालय पावर पार्टनरको सुरुदेखि नै सञ्चालक रहेका थिए । ढकालले कम्पनीको शुरुवाती अवस्था देखि संस्थापक सञ्चालन भई दोर्दी खोला जलविद्युत आयाजनाको स्थापना, निर्माण तथा आयोजनाको स्थापना देखि नेपाल विद्युत प्राधिकरणलाई बोच्नमा उनको योगदान पृर्याएको कम्पनीले उल्लेख गरेको छ ।
ढकालले व्यक्तिगत कारणले उक्त कम्पनीबाट राजिनामा दिएको कम्पनीले उल्लेख गरेको छ ।
प्रतिक्रिया