गभर्नर अधिकारी र अर्थमन्त्री शर्मा अमेरिका प्रस्थान 

गभर्नर अधिकारी र अर्थमन्त्री शर्मा अमेरिका प्रस्थान 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अर्थ मन्त्री जनार्दन शर्मा अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन उनी आज मंगलबार त्यस तर्फ प्रस्थान गरेका हुन्।

सोहि कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी त्यसतर्फ प्रस्थान गरिसकेका छन् । भदौ २७ गते बसेको मन्त्रिपरिषदको बैठकले यो भ्रमण स्वीकृत गरेको थियो।

विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठक अक्टोबर १० देखि अक्टोबर १६ सम्म हुदै छ । जनार्दन शर्माले चुनावको लागि मनोनयन दर्ता गर्नु पर्ने भएकोले उनी गभर्नर भन्दा ढिलो गरि अमेरिका प्रस्थान गरेका हुन् । उनीसँगै अर्थसचिव कृष्णहरी पुष्कर पनि अमेरिका गएका छन् ।