सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड निष्काशन गर्दै

सानिमा क्यापिटलले सानिमा ग्रोथ फण्ड निष्काशन गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सानिमा क्यापिटलले कात्तिक १६ गतेदेखि सानिमा ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । क्यापिटलले १ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन गर्ने भएको हो । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा ग्रोथ फण्ड बन्दमुखि योजना हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरका १२ करोड इकाईमध्ये न्यूनतम १३ प्रतिशत अर्थात् १ करोड ५६ लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंकलाई, २ प्रतिशत अर्थात् २ प्रतिशत अर्थात् २४ लाख इकाई योजना व्यवस्थापक सानिमा क्यापिटललाई र बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त फण्डमा लगानीकर्ताले छिटोमा कात्तिक २० गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा कात्तिक ३० गतेसम्म आवेदन दिन पाइनेछ । उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १ सय इकाई र अधिकतम १ करोड २० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

उक्त फण्डमा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।