कुमारी र सिटिजन्स बैंकले गर्यो लाभांश बाड्ने घोषणा

कुमारी र सिटिजन्स बैंकले गर्यो लाभांश बाड्ने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

लाभाशं घोषणाको सिजन चलिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत कम्पनीहरुले गत आर्थिक बर्ष २०८९/७९ को मुनाफाबाट सेयर धनीहरुलाई वितरण गर्ने लाभासं घोषणा गरिरहेका छन् । 
हाल सम्म वाणिज्य बैंकहरुमा कुमारी बैंक लिमिटेड र सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लाभासं घोषणा गरेका हुन् ।

१) सिटिजन्स बैंक लिमिटेड 

सिटिजन्स बैंक लिमिटेडको सञ्चालक समितिको बैंठकले आ.व २०७८/७९को मुनाफाबाट सेयरधनीहरुले चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभाशं वितरण गर्ने घोषणा गरेको छ । यही असोज २८ गते एक दिनको लागि बैंकले बुक क्लोजद गर्ने भएको छ । 

२) कुमारी बैंक लिमिटेड

कुमारी बैंकको सञ्चालक समितिको बैंठकले गत आ.वको मुनाफाबाट बैंकको सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभाशं घोषणा गरेको छ । बैंकले बोनस सेयर प्रस्ताव भने गरेको छैन । कुमारी र एनसीसी बैंक विच मर्जरको लागि काम अगाडी बढेकोले उक्त बैंकको सेयर नेपाल राष्ट्र बैंकको स्विकृत भएर बैंकको बार्षिक साधारण सभाले पारित गरेको खण्डमा वितरण गरिने छ । भने नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) सँग मर्जरमा जान लागेकोले हाल दोस्रो बजारमा बैंकको कारोबार रोक्का रहेको छ ।