१४ दिनको लागि राष्ट्र बैंकले ३० अर्ब बजार पठाउदै

१४ दिनको लागि राष्ट्र बैंकले ३० अर्ब बजार पठाउदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले १४ दिनको लागि ३० अर्ब रुपैंया बजार पठाउने भएको छ । बिहिबार तरलताको व्यवस्थापनको लागि राष्ट्र बैंकले उक्त रकम बजार पठाउन लागेको हो । बैंकले ट्रेजरी बिल धितो राखेर राष्ट्र बैंकले उपलब्ध गराउन लागेको हो । 

यसको लागि राष्ट्र बैंकले बोलकबोल मार्फत दिनेछ । भने उक्त बोलकबोलमा बैंक तथा वित्तिय संस्थालाई आह्रान समेत गरेको छ । आज जारी गरेको रिपो असोज २७ गते परिपक्व हुनेछ ।

साथै, बोलकबोलमा जारी गरिने सो रिपोको क, ख, ग वर्गको बैंक तथा वित्तिय संस्थाहरुले अनलाईन बिडीङ्ग मार्फत खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।