ब्याजदर बाट आत्तिहाल्नु पदैन, यो अस्थायी होः डेपुटी गभर्नर मिश्र 

ब्याजदर बाट आत्तिहाल्नु पदैन, यो अस्थायी होः डेपुटी गभर्नर मिश्र 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ब्याजदर वृद्धि अस्थायी भएको बताएका छन् । बुधबार आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १४ औं बाषिकोत्सवको अवसरमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । 

अहिले बढ्ने ट्रेण्ड भएको र यो अस्थायी रहेको भन्दै उनले नआत्तिन सरोकारवालालाई आग्रह गरेका हुन । 

चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म रेमिट्यान्स बढीरहेकोले अर्थतन्त्रमा थप सहजता आउने विश्वास उनको छ । 

साथै, उनले नेपालले कृषि जन्य सामाग्रीमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिएका थिए ।