मर्जरमा जाने भएपछि एनसीसी बैंकले स्वेच्छिक अवकाश योजना ल्याउने  

मर्जरमा जाने भएपछि एनसीसी बैंकले स्वेच्छिक अवकाश योजना ल्याउने  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएसँगै एनसीसी बैंकले स्वेच्छिक अवकाश योजना ल्याउने भएको छ । दुई बैंकबीच आज मर्जर सम्झौता भएसँगै अब एनसीसी बैंकले कर्मचारीहरुका लागि स्वेच्छिक अवकाश योजना ल्याउने भएको हो ।

अहिले एनसीसी बैंकमा १६०० कर्मचारी छन् । एनसीसीका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका हुन् । दुई बैंकबीच १ः१ को स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो ।

दुई बैंक मर्जर भएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुनेछन् भने कुमारीका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुनेछन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुनेछ ।