एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर

एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ । आज दुवै बैंकबीच एक कार्यक्रमकाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको बताइएको हो । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बैंकको सिईओ बन्ने बताइएको छ । बैंकको यकिन स्वाप रेसियो भने डीडीएपछि थाहा हुने बताइएको छ ।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने देखिएको छ । दुई साताअगाडि मात्रै नेपाल राष्ट्र बैंकले एनसीसी र कुमारी बैंकलाई मर्जरमा जान निर्देशन दिएको थियो ।