कामना सेवाका ग्राहकले फोनपे क्युआर गर्दा १० प्रतिशत छुट पाउने

कामना सेवाका ग्राहकले फोनपे क्युआर गर्दा १० प्रतिशत छुट पाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
कामना सेवा विकास बैंकले आफ्ना फोनपे क्युआर ग्राहकहरुको लागि चाडपर्व अफर ल्याएको छ । यो अफर अनुसार बैंकले आफ्ना फानेपे क्युआर ग्राहकहरुलाई असोज ९ गतेदेखि लागू हुने गरी डिजिटल भुक्तानी मार्फत आकर्षक छुट प्रदान गर्नेछ ।

‘यस चाडपर्व लाइफ इजी बनाऔं, नगद छोडौं फानेपे गरौ’ भन्ने नाराका साथ क्युआर ग्राहकहरुले क्युआर प्रयोग गरी भुक्तानी गरेमा भुक्तानी रकमको १० प्रतिशत वा १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, फोनपेबाट क्युआर, आइबिएफटि तथा अनलाइन पेमेन्ट गर्दा ग्राहकहरुले हरेक दिन १ लाख जित्न सक्नेछन् । फोनपे कयुआरबाट भुक्तानी लिँदा व्यवसायीहरुले हरेक दिन स्मार्टफोन जित्न सक्नेछन् । ग्राहकहरुले यो लक्की ड्रमा सहभागी हुन फोनपे अफर एपमा गई फेस्टिभ च्यालेन्ज एक्सेप्ट गर्नु पर्नेछ ।