प्रतिबन्धको असर आयातमा देखिएन, पौने ३ महिनामै २ खर्ब भन्दा बढीको आयात 

प्रतिबन्धको असर आयातमा देखिएन, पौने ३ महिनामै २ खर्ब भन्दा बढीको आयात 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

बैंशाख १४ बाट सरकारले विभिन्न वस्तुको आयातमा कडाई गरेपनि आयातमा कमी आएको छैन । चालु आ.वको दुई महिनाको अवधीमा २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजारको आयात भएको तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ । 

गत बर्षको यही अवधीमा ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैंयाको आयात भएकोमा यो बर्ष आयातको १३ प्रतिशतले आयातमा कमी आएको हो । तर साउनको तुलनामा भने भदौमा आयातको बढेको छ । 

नेपालीहरुको महान पर्व नजिकिए सँगै आयातमा वृद्धि भएको तथ्यांक विभागले जनाएको छ । गत साउनमा मात्रै २ खर्ब ३१ अर्ब २८ करोड ६५ हजार रुपैंयाको आयात गरेको थियो । त्यस्तै, भदौमा १ खर्ब ४२ अर्ब ३१ करोड ३५ लाख ८६ हजार रुपैंयाको आयात भएको विभागले जनाएको छ ।