किन कमजोर भइरहेछ नेपाली मुद्रा, मुद्रा कमजोर हुदाँ कस्तो असर पर्दछ ?

किन कमजोर भइरहेछ नेपाली मुद्रा, मुद्रा कमजोर हुदाँ कस्तो असर पर्दछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाली मुद्रा दिनप्रतिदिन कमजोर भईरहेको छ । हिजो भन्दा आजको मुल्य हेर्दा नेपाल मुद्राले कमजोर मुद्राको रुपमा इतिहास बनाईरहेको छ । नेपाली रुपैंया इतिहासकै कमजोर भएको अवस्थमा आयात घटेर वा नेपाली अर्थतन्त्रका कारण भने नेपाली मुद्रा कमजोर भएको भने होइन । मुद्रा कमजोर हुने विविध कारणहरु छन् । 

नेपाली रुपैंया कमजोर हुनुको प्रमुख कारण भारतीय रुपैंया कमजोर हुनु हो । नेपाल र भारतको मुद्रा स्थीर भएकोले भारतीय रुपैंया कमजोर हुने वित्तिकै त्यसको असर नेपाललाई पर्ने गर्छ । नेपाल र भारतको स्थीर मुद्रा सदियौ देखि चलिआएकोले भारतीय रुपैंया कम हुने वित्तिकै त्यसको असर नेपाललाई पनि पर्ने गरेको छ । 

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विनिमयदर अनुसार शुक्रबार एक अमेरिकी डलर बराबरको १ सय २९ रुपैंया ६८ पैसा थियो भने शनिबार र आइतबार १ डलरको मुल्य बढेर १ सय २९.८९ पुगेको छ । यसअघि ५ साउनमा १ अमेरिकी डलरको विनिमय दर १ सय २८.२९ रुपैंया पुगेको थियो । त्यसपछि विस्तारै घट्दै गएको अमेरिकी डलरको मूल्य यो बर्ष सबै भन्दा कम १ सय २६ सम्ममा पुगेको हो । तर पछिल्लो हप्तामा भने डलरको तुलनामा नेपाली रुपैंया इतिहासमै कमजोर अवस्थामा आएको छ । 

पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धि भारतबाट बाहिरिरहने वैदेशिक लगानीका कारणले पनि भारतीय रकम कमजोर भएको त्यहाँको पत्रपत्रिकाले लेखेको छ । तर मुद्रा कमजोर हुनुको कारण पेट्रोलियम भने होइन । विश्वबजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको छ । कच्चा तेलको मूल्य प्रति व्यारेलको ८० डलरको नजिक रहेको छ । विश्व बजारमा नै डलर बलियो हुदै जाँदा शनिबार १ डलर बराबर ८०.११ भारु पुगेको भारतीय रिजर्भ बैंकले जनाएको छ । 

नेपाल र भारतको स्थीर मुद्रादर भएकोले भारतीय मुद्रा बलियो हुदाँ नेपाली मुद्रा पनि बलियो हुने र भारतीय मुद्रा कमजोर हुदाँ नेपाली मुद्रा पनि कमजोर हुने गर्छ । 

नेपाली रुपैंया कमजोर हुदाँ के असर पर्छ ?

व्यापार घाटा बढ्न सक्छ 

नेपाली अर्थतन्त्र आयातमुखी भएकोले डलरको मूल्य बढ्ने वित्तिकै नेपालको व्यापार घाटा उच्च हुने सम्भावना रहन्छ । आयातमुखीको कारणले गर्दा विदेशबाट कुनैपनि सामान ल्याउँदा विदेशी मुद्रामा कारोबार गर्नुपर्ने भएकोले थोरै सामानको लागि पनि धेरै रकम तिर्नुपर्ने भएकोले डलरको भाउ बढ्ने वित्तिकै व्यापार घाटा बढ्न सक्छ । 

महँगी बढ्ने सम्भावना 

नेपाली मुद्रा कमजोर हुने वित्तिकै बजारमा उपभोग्य सामानको मुल्य अकासिने छ । जसको कारणले चाडबाडको लागि किनमेल गर्ने उपभोग्तालाई मार पर्नेछ । नेपालमा खाद्यान्न र तेल जस्ता वस्तुहरु समेत डलरमा तिरेर आयात गर्नुपर्ने भएकोले डलरको भाउ बड्ने वित्तिकै बजारमा प्रभाव पर्दछ । 
साथै, रुस–युक्रेनको युद्धको कारण विश्व अर्थतन्त्र नै अस्तव्यस्त भएको छ । जसले गर्दा विश्वमा नै सामानको मूल्य अकासिएकोले पनि महँगी बढ्ने सम्भावना हुन्छ । 

सकरात्मक प्रभाव 

डलरको भाउ बढ्दा नेपाली उत्पादनमा भने सकरात्मक प्रभाव पर्ने छ । स्वदेशी उत्पादन हुने निर्यातमूलक वस्तु कम भएकोले कच्चा डलरमै किन्नुपर्ने अवस्थाले गर्दा नेपाली उत्पादनमा सकरात्मक प्रभाव पर्ने गर्दछ ।