मिटरब्याजी भन्दै निर्माण व्यवसायी तेजबिक्रम कार्की पक्राउ, प्रहरीले झुठो मुद्दा लगाएको परिवारको आरोप  

मिटरब्याजी भन्दै निर्माण व्यवसायी तेजबिक्रम कार्की पक्राउ, प्रहरीले झुठो मुद्दा लगाएको परिवारको आरोप  

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी 

मिटरव्याजी भन्दै रौतहट चन्द्रपुरका व्यवसायी तेजबिक्रम काक्रीलाई प्रहरीले पक्राउ गरि हाल सम्म छोडेको छैन । रौतहट स्थायी घर भएका तेजबिक्रम ठेक्का पट्टा गदै आईरहेका थिए । 

एमाले निवर्तमान सांसद रेखा झा को इमाडोलमा रहेको फ्ल्याटमा बस्दै आएका तेजबिक्रमलाई मिटरव्याजी भन्दै प्रहरीले पक्राउ गरी रातारात दोलखा लगेको हो । तेजबिक्रमको श्रीमती बिमिता भन्छिन्, ‘ तेजबिक्रम रेखाको स्वकीय सचिव भएकोले उनको घरमा बसिरहनु भएको थियो । तर प्रहरीले बसिरहेको स्थानबाट पक्राउ गरी रातारात दोलखा पुर्याएको रहेछ, उनी बिरुद्ध मिटरव्याजी भएको आरोप पनि लागेको रहेछ, त्यो सरासर गलत हो, उनले बैंकिङ्ग समाचारलाई भनिन् । 

निर्माण व्यवसायी रहेको उनलाई १ करोड रुपैंयाको १२ करोड रुपैंया असुलेको आरोप तेजबिक्रमलाई लागेको छ । उनी बिरुद्ध निमाण व्यवसायी प्रकाश कार्कीले उजुरी दिएको आधारमा उनलाई पक्राउ गरेको घरपरिवारले जनाएका छन् ।