बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकको ऋणपत्र शुक्रवार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अब यो ऋणपत्र आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीले वार्षिक १० दशमलव ५० प्रतिशत भएको एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५ नामक ऋणपत्र सूचीकृत गराएको हो ।
प्रतिक्रिया