गत बर्षको भन्दा यस बर्ष मुद्रास्फीति ८ प्रतिशत भन्दा बढी, दशैंको मुखमा मूल्य वृद्धि

गत बर्षको भन्दा यस बर्ष मुद्रास्फीति ८ प्रतिशत भन्दा बढी, दशैंको मुखमा मूल्य वृद्धि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं 

नेपालीहरुका महान चाड दशैं सुरु हुन केही दिन मात्रै बाकी छ । बर्षमा एकपटक आउँने यो चाडमा सबैले रमाइलो गर्नको लागि लेनदेन, सर–सापट मागेर भएपनि बर्षदिनको चाड मनाउँने गर्छन । तर यस बर्ष महँगीले भान्सा तातेको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनामा समग्र मुद्रास्फीति ८.२६ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । गत आर्थिक बर्षको यसै महिनामा मूल्यवृद्धि ४.३५ प्रतिशत रहेकोमा यो बर्ष ह्वात्तै बढेर ८ प्रतिशत भन्दा माथि पुगेको हो । यस अवधीमा गैर–खाद्य, सेवा क्षेत्र र खाद्य तथा पेय पदार्थको उपसमूहको मूल्यवृद्धि दर दोब्बर भएको बैंकले जनाएको छ । तथ्यांक अनुसार आयात १२.९ प्रतिशत, निर्यात २८.७ प्रीतशतले र कुल वस्तु व्यापार घाटा १०.४ प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैंयामा २०.३ प्रतिशतले बढेको र अमेरिकी डलर १२.५ प्रतिशतले बढेको छ । 

आवश्यक भान्साको वस्तुमा पनि अचाक्ली सामानको मूल्य बढेको छ । साथै, कोभिड र रुस–युक्रेनको युद्धले समेत मुद्रास्फीति बढ्न थप सहयोग गरेको छ । त्यसै चाडबाडमा काला बजारीको समस्या समेत देखिन्छ । जसको कारणले चाडबाड लक्षित सामानको समेत सटेज गर्ने भएकोले यो बर्षको दशैं महँगो हुने देखिएको छ । 

\"\"

स्रोतः खुद्रा व्यापार संघ