जथाभावी कर्जाप्रवाहले बैंक तथा वित्तिय संस्थाको अस्तित्व नै संकटमा पर्नेः गभर्नर अधिकारी 

जथाभावी कर्जाप्रवाहले बैंक तथा वित्तिय संस्थाको अस्तित्व नै संकटमा पर्नेः गभर्नर अधिकारी 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

निक्षेप तथा कोषको मंगलबार आयोजित कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले आफ्नो सहजता हेरेर कर्जा दिने गरेको बताएका छन् । उनले बैंकहरुले राज्यले भनेको क्षेत्रमा लगानी गर्न जोखिम देख्ने गरेको समेत बताएका छन् । 

उनले भने बैंकहरुले आफ्नो सहजता हेरे कर्जा दिने गरेका छन् । तर, राज्यले नयाँ उद्यमी बनाउन, उत्पादन बढाउनेलगायतका उदेश्य राखेको हुन्छ । बैंकहरुले भने उक्त क्षेत्रमा जोखिम देख्छन् । 

पछिल्लो समय जथाभावी कर्जा प्रवाहले कतिपय वित्तिय संस्थाको अस्तित्व नै समाप्त हुने क्रम बढेको समेत बताएका छन् । 

निक्षेप र कर्जा दुबैको सुरक्षण कोषको बारेमा बोल्दै अधिकारीले कोषले गर्नुपर्ने काम अझै धेरै रहेको बताए । 

उनले विश्व अर्थतन्त्रको बारेमा समेत बोलेका छन्  । उनले विश्व बैंकको पछिल्लो प्रतिवेदनले सन् २०२३ सम्म विश्व अर्थतन्त्रमा मन्दी आउन बारेमा उनले भने, ‘ यदि विश्व अर्थतन्त्रमा आएको मन्दीले वित्तिय संस्थामा केही असर गर्यौ भने समग्र अर्थतन्त्रमा नै प्रभावित हुन्छ’ गभर्नर अधिकारीले भने ।