विश्वकै दोस्रो धनी गौतम अडानी नेपालको जलविद्युतमा लगानी गर्न इच्छुक 

विश्वकै दोस्रो धनी गौतम अडानी नेपालको जलविद्युतमा लगानी गर्न इच्छुक 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

विश्वकै दोस्रो धनीको रुपमा सूचिकृत भारतीय उद्योगी गौतम अडानीको अडानी ग्रुपले नेपालको विद्युतीय श्रेत्रमा लगानी गर्न चासो दिएको छ । 

उक्त समूहले नेपालमा जलविद्युत परियोजना, अन्तरदेशीय प्रसारणलाईनमा र आन्तरिक प्रसारण लाइनहरुमा लगानी गर्ने चासो देखाएको हो । 

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको समयमा विभिन्न भारतीय कम्पनीले धमाधम नेपाली परियोजनामा हात हाल्दै गएको अवस्थामा यो कम्पनीले पनि नेपालमा लगानी गर्न लविङ्ग गरेको हो । 

उक्त कम्पनीले बैंशाखयता तीन पटक कम्पनीको प्रतिनिधी पठाइसकेको छ । जसमा उसले नेपालका प्रतिनिधीहरु परियोजना हात पार्नको लागि निरन्तर लविङ्ग गरिरहेको छ ।