मालपोत ऐन संशोधन हुने, संशोधन भएसँगै घरजग्गा कारोबारीले इजाजतपत्र लिनुपर्ने

मालपोत ऐन संशोधन हुने, संशोधन भएसँगै घरजग्गा कारोबारीले इजाजतपत्र लिनुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सरकारले मालपोत ऐन–२०३४ संशोधन गर्ने भएको छ । यस ऐन संशोधन सँगै अब घर जग्गा कारोबार गर्दा अनिवार्य रुपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गर्न लागेको छ । 

ऐनलाई संशोधन गर्ने विधेयक जारी गरी सरकारले मालपोत ऐन पनि संशोधन गर्न लागेको हो । आर्थिक पारदर्शिता बनाउन उक्त ऐन संशोधन गर्न लागेको हो । 

सो ऐन हाल प्रतिनिधी सभाबाट पारित भइसकेको र हाल सो ऐन राष्ट्रिय सभाबाट पारित गरी राष्ट्रपति मार्फत प्रमाणीकरण गरेपछि उक्त ऐन लागु हुनेछ । यो ऐन लागू भएपछि राजपत्रमा सूचना प्रकाशन गरी तोकिएको क्षेत्रमा सोही सूचनामा उल्लेख गरेको आधारमा सीमा भन्दा बढीको घर जग्गा कारोबार गर्ने भए इजाजतपत्र हुने पर्नेछ ।