वाणिज्य बैंकहरुले आफुखुसी ब्याजदर बढाउन पाउने, तोडियो भद्र सहमति 

वाणिज्य बैंकहरुले आफुखुसी ब्याजदर बढाउन पाउने, तोडियो भद्र सहमति 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

अब बैंकहरुले आफु खुसी ब्याजदर बढाउने भएका छन् । नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकहरु बीच भएको सहमति हटेको छ । वाणिज्य बैंकहरुको सिइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ ‘एनबिए’ को कार्यसमितिको आज बसेको बैंठकले यस्तो निर्णय गरेको हो । 
यो निर्णय सँगै वाणिज्य बैंकहरुले राष्ट्र बैंकको निर्देशनभित्र रहेर आफु अनुकुलको ब्याजदरबारे निर्णय लिन पाउनेछन् ।

एनबिएले ब्याजदरमा कायम गरिएको सहमति हटाएसँगै तत्काललाई निक्षेपको ब्याज बढ्ने छ भने अहिले निक्षेपमा बढेको ब्याजदरको असर भविष्यमा अर्थात आगामी महिनामा कर्जामा पनि देखिनेछ । 

राष्ट्र बैंकको निर्देशनअनुसार बैंकहरुले आगामी महिनादेखि लागु हुनेगरी यो महिना ब्याजको दर सार्वजनिक गर्दा सम्बन्धित वर्गका सबै संस्थाले अघिल्लो महिना प्रकाशन गरेको अधिकतम ब्याजदरको औषत तथा न्यूनतम ब्याजदरको औषतमा १० प्रतिशतले मात्र परिवर्तन गरी ब्याजदर निर्धारण गर्न सक्नेछन् ।

एनबिएको पछिल्लो भद्र सहमतिअनुसार भदौ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर ब्यक्तिगत तर्फ ११.०३ तथा संस्थागत तर्फ ९.०३ प्रतिशत तोकिएको थियो । अब भने बैंकहरुले असोज महिनाको लागि आज भोली नै आफुअनुकुलको ब्याजदर सार्वजनिक गर्न पाउनेछन ।