नबिलले ल्यायो नेपालकै पहिलो एपमा आधारित ‘नबिल जेन अल्फा’

नबिलले ल्यायो नेपालकै पहिलो एपमा आधारित ‘नबिल जेन अल्फा’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

राष्ट्रिय बाल दिवसको अवसर पारेर नबिल बैंकले नेपालमै पहिलो पटक एपमा आधारित जेनअल्फा स्किम सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौंमा एक कार्यक्रम गर्दै नबिल जेन अल्फाको ब्राण्ड एम्बेसडरमा समाजसेवी प्रेन्सा रेग्मी, बैंकका अध्यक्ष उपेन्द्र पौडेल र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र प्रसाद ढुंगानाले संयुक्त रुपमा एप सार्वजनिक गरेका छन् ।

‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एपमा आधारित स्किम भएको बैंकका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

‘अभिभावकहरूले यस एप मार्फत् आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न सेट गर्न र तोक्न सक्छन्, बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादन पछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ,’ उनले भने ।

यो स्किम मार्फत् बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको उनले बताए ।

बैंकका अनुसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकवर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्धती खातामा जम्मा गर्न सकिनेछ ।

नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ वर्षसम्मका बालबालिकाहरु समाहित हुन सक्नेछन् । नबिल जेन अल्फा मोबाइल एप, प्ले स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ ।