मिटरब्याजी साहू विरुद्ध २ हजार बढी उजुरी, पिडितमाथि प्रहरीको दमन 

मिटरब्याजी साहू विरुद्ध २ हजार बढी उजुरी, पिडितमाथि प्रहरीको दमन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

सरकारले मिटरब्याज पिडितको उजुरी दर्ताको लागि आह्रान गर्दा भदौं २७ गतेसम्ममा २ हजार २ सय ८९ उजुरी दर्ता भएको छ । मिटरब्याजी अपराध नियन्त्रण कार्यदलले सोमबार सरकारले दिएको समयसीमामै प्रतिवेदन पेश गरेको हो । कार्यदलका संयोजक डा. भीष्मकुमार भुसालले सोमबार गृहमन्त्री बालकृष्ण खाँणलाई अपराध नियन्त्रण कार्यदलले उक्त उजुरी सहित गृह मन्त्रीलाई प्रतिवेदन दिएका हुन् । 

त्यस्तै, ५९ जना सुदखोर (साहू) विरुद्ध उजुरी परेको हो । जसमा सातवटा उजुरीको छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दर्ता भएको छ । त्यस्तै, एकै ब्यक्तिबिरुद्ध चार वा सोभन्दा बढी पिडित भएका पाईएको छ । आरोपितको संख्या ३३ रहेको र एकै ब्यक्तिले २३ जनाविरुद्ध मिटरब्याजीको उजुरी दर्ता गराएका छन । 

कार्यदलले ३३ बुदामा आफ्नो प्रतिवेदन सिफारिस गरेको छ । भने ऋणीले मिटरब्याजी सँग ऋण लिनुपर्ने बाध्याकारी कारणको समेत विश्लेषण गरिएको छ । जसमा श्रमिक तथा गरिब किसानहरुको बैंक तथा वित्तिय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुग्दाको कारणहरु खोतलिएको छ । साथै, साहू सँग ऋणलिने र तिर्न ढिलो भएको कारणले कतिपय ऋणीको घरखेत नै साहूले जफत गर्ने गरेको छ । 

साहूलाई समाउने मात्रै नभएर ऋणीबाट लिएको घर–जग्गाको बन्धक, छिनुवापास, र लिलाम गरिएको जग्गा समेत फिर्ता गरिनुपर्ने माग राख्दै माईतीघर मण्डलामा ४२ दिन देखि मिटरब्याज पिडितले आन्दोलन गर्दै आएका छन् । 

के छ गृह मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा ?  

\"\"

भदौ ५ सम्म जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन आएका उजुरीका सम्बन्धमा कार्यदलको मिति भदौ ६ को पत्रमार्फत उजुरीउपर छानबिन गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सामान्य मार्गदर्शन पठाइएकोमा भदौ २६ सम्ममा ती उजुरीमध्ये ५९ वटा फरकफारक भैसकेका छन् भने ७ वटा उजुरीमा छानबिन गरी सम्बन्धित अदालतमा मुद्दा दायर गरिएको र अन्य ७ वटामा प्रहरीद्धारा अनुसन्धान भैरहेको छ । मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्ने कार्यलाई निरन्तरता दिदै उजुरी उपर छानबिन गर्ने प्रकृयालाई सम्बन्धित स्थानीय प्रशासनले तीब्रता दिएको छ प्रतिवेदनमा भनिएको छ ।

साथै, प्रतिवेदनमा ऋणीले मिटरब्याजीसँग ऋण लिनुपर्ने बाध्यकारी कारक, श्रमिक तथा गरिब किसानहरुको बैंक तथा वित्तिय संस्थाबाट प्रवाह हुने कर्जामा पहुँच नपुगेका कारणहरु, साहूमहाजनसँग ऋण लिने प्रकृया, मिटरब्याजीविरुद्ध उजुरी गर्दा पनि ऋणी पक्ष कमजोर हुने कारणहरु, मिटरब्याजको दुष्चक्र, मिटरब्याजी बिरुद्धको कारबाहीका अन्तर्राष्ट्रिय अभ्यासहरु एवं अदालती प्रकृयामा पिडितको अवस्थाको बारेमा समेत विस्तृत विश्लेषण गरिएको छ । 

पिडितमाथि प्रहरीको दमन 

\"\"

४१ औं दिनको तयारीमा रहेका मिटरब्याज पिडितलाई प्रहरीले किर्तिपुरमै रोक्न खोज्दा झडप भएको थियो । रोक्ने क्रममा प्रहरीले करिब  ४० जनालाई नियन्त्रणमा लिएको थियो, जसमध्ये केही आन्दोलनकारीको टाउको समेत फुटेको छ । त्यस्तै, आज (४२ औं दिन) उनीहरुमध्ये ३० जनाले माईतीघर आएर आन्दोलन गरिरहेको समयमा माईतीघरमै प्रहरीले घेरा हालेर आन्दोलनकारीलाई प्रक्राउ गरेको छ भने उनीहरुलाई हाल प्रदर्शनीमार्ग प्रहरी वृत्तमा पुर्याएको छ ।