किप्टोकरेन्सीमा लगानी गरेको आरोप लागेका अमित श्रेष्ठ १५ लाख धरौटीमा रिहा

किप्टोकरेन्सीमा लगानी गरेको आरोप लागेका अमित श्रेष्ठ १५ लाख धरौटीमा रिहा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

क्रिप्टोकरेन्सीको कारोबारमा पक्राउ परेका ब्यापारी अमित श्रेष्ठ १५ लाख धरौटीमा रिहा भएका छन् । उच्च अदालत पाटनले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायधिशहरु राजेन्द्र खरेल र किरण पोखरेलको इजलासले श्रेष्ठलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

विशाल सिमेन्टको पूर्व सञ्चालक समेत गरेका श्रेष्ठले नेपालमा गैर–कानुनी मानिएको क्रिप्टोकरेन्सीमा लगानी गरेको भन्दै असार २९ गते उनलाई केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो । थप अनुसन्धानको लागि जिल्ला परिसर काठमाडौंमा पठाएको थियो । 

उनको अष्टेलिया, क्यानाडा सहितको देशको बैंकमा रकम रहेको पाईएको थियो । उनको कलंकीमा र लागिम्पाटमा रहेको जग्गा, पानी पोखरीमा रहेको अपार्टमेन्ट सहित करिब ४८ करोड सम्पती रहेको प्रहरीले न्यायधिबक्ता कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ । 

नेपाल राष्ट्र बैंक ऐनको व्यवस्था अनुसार सम्पत्ति जफत गरी तीन गुणा जरिवाना माग गर्दै जिल्ला न्यायधिवक्ताले चलाएको मुद्दामा उनलाई १ अर्ब ४४ करोड १४ लाख ६६४ रुपैंयाको जगिवाना माग गरिएको थियो ।