गभर्नर अधिकारी सार्फीको उपाध्यक्षमा चयन 

गभर्नर अधिकारी सार्फीको उपाध्यक्षमा चयन 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकको गभर्नर महा प्रसाद अधिकारी दक्षिण एसिया क्षेत्र वित्तिय समावेशी पहल (सार्फी) को उपाध्यक्ष पदमा चयन भएका छन् । अध्यक्षमा भने माल्दिभ्स मनिटरी अथोरिटीका गभर्नर अलि हसिम अध्यक्ष बनेको हुन् । 

अलाइन्स अफ फाइनान्सियल इन्क्लूजन र सेन्ट्रल बैंक अफ जोर्डनको डेड सीमा आयोजित ग्लोबल पलिसी फोरम, २०२२ मा सहभागी भएका थिए । 

सो कार्यक्रम समारोहमा बङ्गलादेशको माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी, रोयल मनिटरी अथोरिटी अफ भुटान र सेन्ट्रल बैंक अफ श्रीलंकका प्रतिनिधीको समेत सहभागी थियो । दक्षिण एसिया क्षेत्रमा वित्तिय समावेशीकरणको प्रवर्धनका निम्ति नीतिगत ब्यवस्थाको तर्जुमा र सोको कार्यान्वयनलाई सबल बनाउने सामूहिक अभ्यासस्वरुप सार्फीको शुभारम्भ भएको हो ।