राष्ट्र बैंकद्धारा समस्याग्रस्त नेपाल शेयर मार्गेट्स एण्ड फाइनान्समा संयोजक र सदस्यको माग (सूचना सहित)

राष्ट्र बैंकद्धारा समस्याग्रस्त नेपाल शेयर मार्गेट्स एण्ड फाइनान्समा संयोजक र सदस्यको माग (सूचना सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेड, पुतलीसडक काठमाडौंको व्यवस्थापन तथा सञ्चालनका लागि दुई जनाको माग गरेको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना निकाल्दै व्यवस्थापन तथा सञ्चालनको लागि संयोजक र सदस्य पदको लागि आवेदन माग गरेको हो । असोज ९ गते कार्यलय समय भित्र दरखास्त फारम पेस गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले जनाएअनुसार संयोजक पदमा १ जनाको माग गरेको छ । जसको लागि शैक्षिक योग्यता तथा जन्ममिति खुलाउने प्रमाण पत्र पेश गर्र्नुपर्ने सूचना उल्लेख गरेको छ । संयोजकको लागि कम्तीमा पनि स्नातकोतर गरेको हुनुपर्ने छ । 

संयोजक पदको लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तिय, मौद्धिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र तथ्याङ्ककशास्त्र, लेखा, गणित, प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । संयोजकको तलब १ लाख २६ हजार ३ सय मासिक तलब तथा अन्य सुविधा रहने राष्ट्र बैंकले जनाएको छ ।

साथै, सदस्य पदको लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तिय, मौद्धिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याकंशास्त्र, लेखा, गणित, व्यापार, प्रशासन वा कानुनमा बिषयमा कम्तीमा स्नातक उपाधी हासिल गरी लेखा सम्बन्धी कम्तीमा न्युनतम १० बर्ष अनुभव भएको हुनुपर्ने तथा चर्टर्ड एकाउण्टेन्सी पास गरेको हकमा भने ५ बर्षको अनुभव भएको हुनुपर्ने सूचनामा उल्लेख गरेको छ । साथै, सदस्यको तलब भने १ लाख ३ हजार ६ सय प्रदान गरिने छ भने दशैं खर्च तलब बराबरको रहने तथा भत्ताको व्यवस्था नभएको बैंकले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।