विश्व अर्थतन्त्रमा भारतको छलाङ्ग, नेपाललाई कस्तो प्रभाव पर्ला ?

विश्व अर्थतन्त्रमा भारतको छलाङ्ग, नेपाललाई कस्तो प्रभाव पर्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

छिमेकी मुलुक भारत विश्वकै पाँचौं ठुलो अर्थतन्त्र भएको मुलुकमा गनिएको छ । स्टेट बैंक अफ इन्डिया (एसबीआई) ले शनिबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले भारतले बेलायतलाई उछिनेको हो । 

प्रतिवेदन अनुसार यही हिसाबले आर्थिक वृद्धि गदै जाने हो भने भारतले सन् २०२९ सम्ममा विश्वकै तेस्रो ठुलो अर्थतन्त्रको भएको मुलुक बन्ने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएअनुसार भारतको अर्थतन्त्र अमेरिका,चीन,जापान, जर्मनीभन्दा पछि रहेको छ । 

अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रतिवेदन अनुसार, ‘भारतको अर्थतन्त्र बेलायतको अर्थतन्त्रभन्दा ठुलो भइसकेको छ । एक दशकअघि भारत ठुलो अर्थतन्त्रको सुचीमा ११ औ स्थानमा रहेको थियो’ प्रतिवेदनमा भनिएको छ ।

हाल भारतको कुल गार्हस्थ उत्पादन (जिडिपी) ८ सय ५४ अर्ब डलर पुगेको छ । जबकी बेलायतको आठ सय १६ अर्ब डलर मात्रै रहेको छ । 

पहिलो स्थानमा रहेको अमेरिकाको २४.१, चीनको १९.८०, जापानको ४ं८ र जर्मनीको ४.१ प्रतिशत रहेको छ ।

नेपाललाई कस्तो प्रभाव पर्ला ?

छिमेकी मुलुक भएको नाताले पनि भारतमा भएको आर्थिक सुधारको संकेतले नेपाललाई पनि प्रभाव पर्ने गर्दछ । सामाजिक, राजनैतिक प्रभाव सँगै आर्थिक प्रभाव पनि नेपालमा पर्ने देखिन्छ । 

भारतको र नेपालको मुद्रामा बर्षेदेखि विदेशी विनिमय दर समान रहेको छ । साथै, भारतकै मुल्य अनुसार नेपालमा डलरको मूल्य घट्ने, बड्ने भएकोले पनि नेपाली अर्थतन्त्रलाई भारतको अर्थतन्त्रमा आएको परिवर्तनले प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ । साथै, मुद्रा अवमूल्यनको बोझ घट्न सक्छ । यो भनेको भरतीय मुद्रा कमजोर बन्दै जाँदा नेपाली मुद्रासमेत अवमूल्यन हुँदै गएको छ । अहिले भारतले विश्व अर्थतन्त्रमा बलियो प्रभाव पारेको भएपनि अपेक्षित उत्पादन र निर्यात वृद्धि गर्न नसकेको कारण मुद्रँ अवमूल्यन भार कम हुन नसकेको हो । जसको कारणले महँगीको प्रत्यक्ष प्रभाव नेपालले पनि आयातमार्फत व्यहोनुपरेको छ ।

 भारतीय अर्थतन्त्र राम्रो भएको खण्डमा कामदारको समेत आवश्यकता पर्ने भएको साथै पश्चिमका पहाडी जिल्लाको युवाहरुको रोजगारको प्रमुख गन्तव्य नै भारत भएकोले पनि रोजगारी पाइने छ । 

साथै, भारतीय अर्थतन्त्र सबल भएको अवस्थामा नेपालमा भारतीय लगानी बढ्ने देखिन्छ । हाल नेपालमा भारतीय कम्पनी करिब ८ सय २० ले नेपालमा १ खर्ब बराबरको लगानी भित्र्राउने प्रतिबद्धता समेत जनाएको छ । 

भारतमा हाल विद्युत पर्याप्त नभएकोले उद्योग सञ्चालनको लागि नेपाली विद्युतको आवश्यकता समेत पर्न जाने भएकोले विद्युत आपूर्ती गरेर पनि नेपालले त्यसको फाईदा लिन सकिने देखिन्छ ।