मेयर बालेनको एक्सनः सात ओटा क्यासिनोलाई तत्काल कर तिर्न निर्देशन (निर्देशन पत्र सहित)

मेयर बालेनको एक्सनः सात ओटा क्यासिनोलाई तत्काल कर तिर्न निर्देशन (निर्देशन पत्र सहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

काठमाडौं महानगपालिकाले सात दिन भित्र मनोरञ्जन बापतको कर तिर्न क्यासिनोहरुलाई निर्देशन दिएको छ । 

आ.व २०७५÷७६ देखि कर नतिर्ने ७ ओटा क्यासिनोलाई महानगरपालिकाले कर तिर्नको लागि निर्देशन दिएको हो । 

महानगरले म्यरिएटको डेल्टन क्यासिनो होटल,अन्नपूर्ण क्यासिनो प्यालेस, र्याडिसन होटलको रिक्रीएसन, सोल्टी होटलको मोजाङ्ग इन्टरटेन्टमेन्ट, एलफ्ट होटलको बाल्को क्यासिनो र मल्ल होटलको बेली क्यासिनोलाई कर बुझाउन भनेको हो । 

महानगरले दिएको समयावधीमा कर नबुझाए राजस्व ऐन,२०७५ बमोजिम सरकारी बाँकी सरह बक्यौता कर असुलउपर गरिने महानगरले पत्रमार्फत जनाएको छ । 
\"\"