५ करोड भन्दा बढी राजस्व छलेको आरोपमा ३ जना बिरुद्ध मुद्दा दायर 

५ करोड भन्दा बढी राजस्व छलेको आरोपमा ३ जना बिरुद्ध मुद्दा दायर 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

५ करोड ४६ लाख रुपैयाँ राजस्व छलेको अभियोगमा राजस्व अनुसन्धान विभागले तीनजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । दुर्गा ट्रेडर्स नामको कम्पनीमार्फत् भ्याट र आयकर छलेको अभियोगमा विभागले संचालकहरु धिरजकुमार जयसवाल, सुमनकुमार श्रेष्ठ र कारोबार सघाउने राहुलकुमार जयसवालविरुद्ध मुद्दा दायर गरेको हो ।

राजस्व चुहावट गर्ने मनसायले नै जालसाजीयुक्त, नक्कली भ्याटबिल खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाउने गरेको अभियोग उनीहरुलाई लागेको छ । भ्याट र आयकर गरी कुल ५ करोड ४६ लाख ५१ हजार रुपैयाँ छली गरेको भन्दै विभागले सो विगो कायम गरी त्यसको दोब्बर अर्थात कुल १० करोड ९३ लाख रुपैयाँ बराबर जरिवाना सजाय माग गरेको छ ।