प्रतिबन्ध गरिएको वस्तुको आयातमै २५ अर्ब बाहिरियो 

प्रतिबन्ध गरिएको वस्तुको आयातमै २५ अर्ब बाहिरियो 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

विदेशी विनिमय सञ्चितीमा कमी आएपछि सरकारले विभिन्न प्रकारको सामानमा प्रतिबन्ध लगाएको थियो । बैंशाख १४ गते सरकारले उक्त निर्णय गरेको थियो । साथै, राष्ट्र बैंकले अन्य वाणिज्य बैंकहरुलाई एलसी (प्रतित पत्र) नखोल्न सूचना नै जारी गरेको भएपनि साउन महिनामा मात्रै उक्त प्रतिबन्धीत बस्तु साउन महिनामा मात्रै २५ अर्बको आयात भएको पाईएको छ । 

सरकारले आयातलाई निरुत्साहित गर्न विभिन्न वस्तुमा एलसी मार्जिन तथा १० वस्तुको आयातको प्रतिबन्ध लगाएको थियो । तर कडाइ गरेको भएपनि २५ अर्ब २१ करोड ७६ लाख १० हजार रुपैंयाको उक्त वस्तु आयात भएको छ । उक्त आयातित वस्तुबाट कुल १० अर्ब १० करोड ४५ लाख ६८ हजार रुपैंया भन्सार सुल्क संकलन भएको छ । 

भन्सार विभागको तथ्याकं अनुसार कडाइ गरिएको वस्तुको आयातमा भने २५.५६ प्रतिशतले कमी आएको छ । आयातमा कडाइ गरिएको वस्तुको आयात गत आ.वको तुलनामा ८ अर्ब ६६ करोड २० लाख ७८ हजार रुपैंयाले कमी आएको हो । 

कुन वस्तुको कति आयात ?

\"\"