वाणिज्य बैंकहरुको निक्षेप संकलन ५ बर्षदेखि ओरालो

 वाणिज्य बैंकहरुको निक्षेप संकलन ५ बर्षदेखि ओरालो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

पछिल्लो ५ बर्षको अन्तरालमा बैंकहरुको निक्षेप संकलनमा कमी आएको हो । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार पछिल्लो आर्थिक बर्ष २०७५/७६ देखि वाणिज्य बैंकहरुको निक्षेप संकलनमा कमी आएको हो ।

आ.व २०७५/७६ को साउनमा १५ अर्बले घटेको निक्षेप आ.व २०७६/७७ मा आएर २३ अर्ब रुपैंयाले कमी आएको हो । त्यस्तै, आ.व २०७७/७८ मा ८ अर्ब २०७८/७९ मा ७८ अर्बले घटेको छ । साथै, चालु आ.वको साउन महिनामा १३ अर्ब रुपैंयाले निक्षेप संकलन घटेको संघले जनाएको छ ।

आ.व २०७९/८० को भदौ ३ देखि १० गतेसम्मको एक सातामा निक्षेप संकलन ४४ खर्ब २६ अर्ब रुपैंया रहेको थियो ।

बैंकहरुले कर्जा प्रवाहमा भने बढाएको छ । यस भदौ ३ देखि १० गतेको अवधीमा वाणिज्य बैंकहरुले कर्जा प्रवाह कुल २ अर्ब रुपैंयाले बढाएको हो । यस अबधीमा बैंकले कर्जामा ४१ खर्ब ७८ अर्ब रुपैंयाको तथ्यांक बढेर ४१ खर्ब ८० अर्बमा पुगेको छ ।