यस बर्ष सबैभन्दा बढी कर तिर्ने बैंकहरुमा एनआइसी एसिया बैंक पहिलो, दोस्रोमा नबिल

यस बर्ष सबैभन्दा बढी कर तिर्ने बैंकहरुमा एनआइसी एसिया बैंक पहिलो, दोस्रोमा नबिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

यस बर्षको सबैभन्दा बढी कर तिर्नेमा एनआइसी एसिया बैंक भएको छ । अघिल्लो बर्षमा सबैभन्दा बढी कर तिर्ने बैंकहरुमा मध्ये  नबिल बैंक रहेकोमा यस बर्ष एनआइसी एसिया बैंकले नबिललाई उछिनेको हो । 

२०७७÷ ७८ को आ.वमा एसियाले ३ अर्ब ६१ करोड रुपैंया कर तिरेको थियो । भने, २०७८÷ ७९मा  एनआइसीले ३ अर्ब ४१ करोड तिरेको हो । भने, नविलले अघिल्लो आ.व बर्षमा ३ अर्ब ९७ करोड कर तिरेकोमा यस बर्षमा आ.व २०७८÷७९ मा ३ अर्ब ३२ करोड तिरेको छ ।

त्यस्तै, यस बर्ष तेस्रो नम्बरमा ग्लोबल आइएमइ बैंकले ३ अर्ब १७ कराोड कर तिरेको छ भने अघिल्लो आर्थिक बर्षमा यस बैंकले ३ अर्ब मात्रै तिरेको थियो । साथै, बैंकहरुकै सुचिमा चौथो नम्बरमा सिद्धार्थ बैंक छ । यो बैंकले २ अर्ब ७७ करोड तिरेको छ । त्यस्तै, पाँचौ नम्बरमा भने राष्ट्रिय बाणिज्य बैंक रहेको छ । यस बैंकले २ अर्ब ६५ करोड बापतको कर यो आ.वमा तिरेको छ । 

अघिल्लो आर्थिक बर्षमा सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकले छर्लाङ्ग मारेको हो । अघिल्लो बर्षमा यी बैंकको स्थानमा प्राइम कमर्सियल बैंक र कृषि विकास बैंक रहेको थियो ।