बैंक तथा वित्तिय संस्थाको तरलता सुधारोन्मुक हुदै

बैंक तथा वित्तिय संस्थाको तरलता सुधारोन्मुक हुदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

विगत लामो समय देखि तरलताको संकट झेल्दै आएका बैंकहरुलाई तरलता सुधार सँगै केही राहत भएको छ । राष्ट्र बैंकको अनुसार शनिबारसम्म बैंकिङ्ग प्रणालीमा ६३ अर्ब रुपैंया अधिक तरलता रहेको छ ।

भदौ २१ गते सम्म बैंक तथा वित्तिय संस्थाहरुको कुल निक्षेप ५० खर्ब २५ अर्ब रुपैंया पुगेको जनाएको छ । त्यस्तै, भदौ ८ गतेसम्म निक्षेप ५० खर्ब २३ अर्ब रुपैंया रहेको थियो । भने यो अवधीमा २ अर्ब रुपैंयाले बढेको थियो ।

बैंक तथा वित्तिय संस्थाको भदौ १४ यता कुल ४७ खर्ब ५ अर्ब पुगेको भने भदौ ८ सम्म कर्जा लगानी ४७ खर्ब ४ अर्ब रुपैंया रहेको थियो । यो अवधीमा १ अर्ब रुपैंया बढेको छ ।