भदौ १४ सम्म रहेको १० वस्तुको आयात प्रतिबन्ध लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय 

भदौ १४ सम्म रहेको १० वस्तुको आयात प्रतिबन्ध लम्ब्याउने वाणिज्य मन्त्रालयको निर्णय 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयले बिलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध लम्बाउने भएको छ । विदेशी विनिमयको सञ्चिती कम भएको भन्दै वाणिज्य तथा आपूर्ती मन्त्रालयले बैंशाख १४ गते देखि बिलासिताको वस्तुको आयातमा प्रतिबन्ध लगाउदै आएको थियो । 

बिलासिताको वस्तुमा लगाएको प्रतिबन्धले अर्थतन्त्रमा राहत भएको भन्दै अझै लम्बाउने निर्णय गरेको हो । भदौ १४ सम्म रहेकोमा अझै लम्बाउने मन्त्रालयले बताएको हो ।

नेपाल राष्ट्र बैंकको अनुसार विलासी वस्तुको प्रतिबन्ध पछि २ महिनामै विदेशी विनिमयको सञ्चितीमा उल्लेख्य सुधार आएको छ । प्रतिबन्ध लगाएपछि बैंशाखमा ९ अर्ब २८ करोड डलर ढुकुटीमा सञ्चिती रहेकोमा असार मसान्तमा यो रकम बढेर ९ अर्ब ५४ करोड पुगेको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको आयातको तथ्यांक अनुसार साउन महिनामा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख बराबरको सामान आयात भएको छ । यो आयात दर गत आर्थिक बर्षको तुलनामा १२.९० प्रतिशतले कम हो । गत आर्थिक बर्षमा कुल १ खर्ब ५० अर्ब ७३ करोड बराबरको आयात भएकोमा वस्तु प्रतिबन्ध पछि विदेशी सञ्चितीमा वृद्धि भएकोले अझै प्रतिबन्धलाई थप गर्न लागेको हो ।