२५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

२५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्दै राष्ट्र बैंक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले तरलताको अभाव कम गर्नको लागि २५ अर्बको ट्रेजरी बिल्स सोझै खरिद गर्ने भएको छ । वित्तिय क्षेत्रमा देखिएको तरलता अभावलाई न्यूनिकरण गर्नको लागि राष्ट्र बैंक आफैले खरिद गर्न लागेको हो ।

केन्द्रिय बैंक तथा वित्तिय व्यवस्थापन विभागको अनुसार भदौ ९ गते दिउसो ३ बजेको समय रहेको छ । बैंकले सोझै (आउट राइट पर्चेज) मार्फत २५ अर्ब रुपैंया बजारमा पठाउन लागेको हो ।

इन्छुक बैंक तथा वित्तिय संस्थाले बिहिबार दिउँसो ३ बजेसम्म अनलाईन माध्यमबाट बोलक–बोल गर्न सकिने छ भने, भोली शुक्रबार खरिद मिति तोकिएको छ । 

काउन्टरपार्टीले बिक्री गर्न चाहेको खण्डमा ताकिएको भुक्तानी मिति भएको नेपाल सरकारको टे«जरी बिल्सको सिरिज नम्बर र परिणाम समेत उल्लेख गर्नुपर्ने बैंकले जनाएको छ ।

काउन्टरपार्टीले बिक्री गर्न चाहेमा टे«जरी बिल्सको परिणामको मुल्य बोलकबोल गर्नु पर्ने छ ( उदाहरणको लागि १ सयको टे«जरी बिल्स कति मूल्यमा बिक्री गर्ने हो सो रकम बोल गर्नपर्ने) बैंकले जनाएको छ ।