२३ दिन देखि मिटरब्याज बिरुद्धको आन्दोलन देखेन सरकारले, नवलपरासीमा सम्झौता गर्न गएको गृह टोलीलाई लखेटे जनताले

२३ दिन देखि मिटरब्याज बिरुद्धको आन्दोलन देखेन सरकारले, नवलपरासीमा सम्झौता गर्न गएको गृह टोलीलाई लखेटे जनताले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी, काठमाडौं ।

उमेरले ७६ बर्ष लागिसकेका छन् प्रेम नारायण कोइरी बुढो शरिरको कारण थरमराउदै हिड्छन् । उनी बिहान नुवाई धुवाई सँगै पुजा पाठ गर्छन्, उनको हेरचाहमा उनकी श्रीमती पनि सँगै छिन् । बिहान बेलुकाको खाना बनाउँने काम उनकै श्रीमतीले गर्छिन । किनकी उनका श्रीमान अरु कसैले बनाएको खाना खादैनन्, खाना खाइसकेपछि उनीहरु अरु ६३ जना साथी सँगै माइतीघर आउँनको लागि तयार हुन्छन् ।

\"\"

प्रेम नारायणले ५ बर्ष अघि वसन्त कुहार सँग ९ लाख ऋण लिएका थिए, घरको छत ढलान गर्नको लागि तर उनले ऋण लिएको १ बर्ष भित्रै ब्याज सहित १६ लाख बुझाइदिए, तर साहू वसन्तलाई १६ लाखले पुगेन र ब्याज सहित भन्दै ४२ लाख रुपैंया बुझाउन ताकेता गरेपछि यी दुई दम्पती अन्य पिडित सँगै मिटरब्याज बिरुद्धको आन्दोलनमा आएका हुन् ।उनले भने ‘ मैले वसन्त सँग ९ लाख लिएको थिए, लिएको १ बर्षमा १६ लाख दिएको थिए, तर वसन्तले अझै ४२ लाख रुपैंया तिर्नुपर्ने बताएपछि यहाँ आउँन बाध्य भएका हांै,न्याय नपाए सम्म हामी यहाँ बाट जाने छैनौ’ ।

त्यस्तै, सुधरीदेवी केवटका छोरा गुरीयाचानी पनि सोही आन्दोलनमा छन् । उनको बुवाले विदेश जानको लागि जगदिश बानियाँ सँग १ लाख रुपैया ऋण लिएका थिए । उनको बुवाले पैसा लिएका ३ सालमा ४ लाख रुपैंया दिइसकेका छन् । तर साहू जगदिशले अझै ४ लाख ५० हजार रुपैंया नदिए जग्गा ३ धुरको टष्टिबन्धक राखेका थिए । उनलाई डर छ कि, उनको जमिन साहू जगदिशले बेचिदिने पो हो कि भन्ने । त्यसैले उनी भन्छन्’ यो आन्दोलनमा आउँनु हाम्रो लागि मजबुरी पनि छ । त्यसैले न्याय नपाए सम्म हामी जान मिल्दैन÷जादैनौ’ ।

यी माथीका प्रतिनिधी मात्र मात्रै हुन् तराईमा यस्ता पात्रहरु २ लाख भन्दाकम छैनन् । आन्दोलनमा आउँने धेरैको एकै बोली छ, न्याय नपाए घर फिर्ती हुन्नौ ।

उनीहरु आज २३ दिन देखि माईती घरमा मिटरब्याज बिरुद्धको आन्दोलनमा निरन्तर आईरहेका छन् ।

बैंकिङ्ग समाचारलाई प्राप्त विवरण अनुसार ५५ साहूकरसँग विभिन्न समयमा ३ करोड ७० लाख २ हजार रुपैंया ऋण लिएकोमा अधिकांशले टृष्टिबन्धक गरेका थिए भने, साहूलाई करिब १० करोड १५ लाख १६ हजार ३ सय उठाइसकेका छन् तैपनि टृष्टिबन्धक राखेको जग्गा फिर्ता भएन । अझै साहूकरहरुले १० करोड ८१ लाख ६१ हजार भन्दा बढी तिर्नु पर्ने भन्दै पिडितलाई दबाव दिएपछि संगठित हुदै न्यायको आशामा काठमाडौं आएका हुन् । तरपनि सरकारले हाल सम्म कुनैपनि साहूलाई पक्राउ गर्न नसकेको पिडित बताउँछन् । 

तराई मधेशमा करिब २ लाख भन्दा बढी मिटरब्याजीको एक उदाहरण हुन माथिका पात्रहरु अरु यस्ता कयौ छन्, तर समाजको डरले कतिपय मुद्दा बाहिर आउँन नकेको छैन ।
यस बिषयलाई सरकारले अहिले सम्म आरोपीतहरु मध्ये ३ जनालाई मात्रै पक्राउ गरेको छ । तर सरकारले आखामा छारो हाल्ने काम गरेको अभियानकर्मी निर्ग नविन बताउँछन् । 

सुस्ता बाट लखेटिए गृहको टोली 

माईती घरमा धर्नामा बसेका पिडित सँग सम्झौता नगरेर गृह मन्त्रालयको टोली सम्झौताको लागि नवलपरासी गएकोमा त्यहाँबाट लखेटिएका छन् । विगत २३ दिन देखि आन्दोलन गरिरहेको सँग सम्झौता नगरेर नक्कली मिटरब्याजी कडा गरी सम्झौता गर्न लागेकोले करिब डेढ सयको समूहले लगेटेका छन् । उनीहरुलाई सुस्ताबाट लेखेटेको र प्रतापपुर गएको अभियानकर्मी नविलले बैंकिङ्ग समाचारलाई बताए ।
 

के–छ उनीहरुको माग ?

१) मिटरब्याज पिडितले सरकारले साहूलाई कारबाही गर्नुपर्ने र टृष्टिबन्धक छिनुवा पासको लगत संकलन गरेर गृहले छानविन समिति गठन गर्ने ।
२) तमसुक, टृष्टिबन्धक च्यात्ने ।
३) छिनुवा पास गरिएका जग्गा पहिला जसको नाममा थियो, उसैलाई फिर्ता गर्नुपर्ने माग राखेका छन् ।