डिजिटल प्रविधीबाट कारोबार गर्नेको संख्यामा वृद्धि, इन्टरनेट बैंकिङ्गमा भने चासो कम

डिजिटल प्रविधीबाट कारोबार गर्नेको संख्यामा वृद्धि, इन्टरनेट बैंकिङ्गमा भने चासो कम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

पछिल्लो समय मोवाइलबाट कारोबार गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकको तथ्याकंले देखाएको छ । प्रविधीको विकास र पहँुच बढेसँगै विद्युतीय कारोबारको संख्या पनि उल्लेख्य रुपमा बढेको हो । 

प्रविधीक पूर्वाधारको विकास, कारोबारमा प्रोत्साहन तथा बढ्दो अभ्यासको कारणले पनि विद्युतीय कारोबारको संख्या बढेको हो । आर्थिक बर्ष २०७८÷७९ को विवरणअनुसार अघिल्लो आर्थिक बर्षको तुलनामा यस बर्ष विद्युतीय कारोबार गर्नेको संख्या उल्लेख्य रुपमा बढ्ेको तथ्याकंले देखाएको छ । 

कोभिड महामारीकै विचमा अर्थतन्त्रलाई चलायमान बनाउँनको लागि मोवाइल बाट नै कारोबार गर्नेको संख्यामा उल्लख्य वृद्धि भएको हो । महामारीको समयमा इन्टरनेट बाट काम गर्नेको भुक्तानी पनि मोवाइल बैंकिङ्गबाट नै भुक्तानी गरिएकोले पनि विद्युतीय कारोबार गर्नेको संख्यामा उल्लेख्य वृद्धि भएको हो । 

अघिल्लो आर्थिक बर्षमा क्यूआर कोडको प्रयोग ४२ लाख ८१ हजार ९ सय ९४ पटक प्रयोग गरिएको थियो जसमा कुल १४ अर्ब ५२ करोड ६० लाखको कारोबार भएको थियो । जसमा अघिल्लो आर्थिक बर्षको समीक्षा अवधीमा यसको प्रयोग ८ लाख ५५ हजार ५ सय ६६ पटक प्रयोग गरी कुल ३ अर्ब ६५ करोड १० लाख बराबरको मात्रै कारोबार भएको थियो तथ्याकंमा छ । 

क्रडिट कार्डको माध्यम बाट कारोबार गर्नेको संख्यामा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । प्रतिशतको हिसाबले गत आर्थिक बर्षको तुलनामा यस बर्ष ८३ प्रतिशतले बढी हो । त्यस्तै, प्वाइन्ट अफ सेलको प्रयोगमा पनि ८४ प्रतिशत भन्दा बढी हो । 

मोवाइल मार्फत कारोबार गर्नेको संख्यामा ५० प्रतिशतले वृद्धि 

राष्ट्र बैंकको तथ्याकं अनुसार मोवाइल बैंकिङ्गमा ५० प्रतिशतले वृद्धि भएको छ । जसमा आर्थिक बर्ष २०७७÷७८ मा १ करोड ३७ लाख ९ सय ९३ पटकमा कुल ७३ अर्ब ७२ करोड ९० लाख बराबरको कारोबार भएकोमा  मोवाइल बैंकिङ्ग बाट भएको छ । २०७८÷७९ को आर्थिक बर्षमा २ करोड ५ लाख ६४ हजार ३ सय पटक मोवाइल बैंकिङ्ग बाट कारोबार भएकोमा १ खर्ब ६३ अर्ब २५ करोड ५० लाख बराबरको कारोबार भएको विवरणमा उल्लेख छ । 

त्यस्तै, एटिएमको माध्यमबाट कारोबार गर्ने ४६ प्रतिशतले वृद्धि भएको छ । भने कनेक्ट आईपिएसको माध्यम बाट कारोबार गर्नेमा ३३ प्रतिशतले वृद्धि भएको छ । साथै, रियल टाइम सेटलमेन्ट (आर.टी.जी.एस)को माध्यमबाट ३७ प्रतिशतले वृद्धि भएको छ, भने, ई–कमर्स ३२, वालेट २९ प्रतिशत,ब्रान्चलेस बैंकिङ्ग १६, आइपिएस १३, र इसिसिको ३ प्रतिशतले वृद्धि भएको विवरणमा सार्वजनिक भएको छ । 

इन्टरनेट बैंकिङ्ग प्रयोगदर घट्यो तर कारोबार रकमा वृद्धि 

सार्वजनिक विवरणानुसार अघिल्लो आ.वका आधारमा गत आवमा इन्टरनेट बैंकिङका माध्यमबाट भुक्तानी भएको संख्यामा कमी आएको देखिएको छ ।अघिल्लो आ.वमा तीन लाख २९ हजार पाँच सय २३ पटक इन्टरनेट बैंकिङको प्रयोग भएकामा गत आ.वमा तीन लाख १८ हजार पाँच सय ९८ पटक यसको प्रयोग भएको छ । 

यता कारोबार रकमका आधारमा भने यसको प्रयोग १३ प्रतिशले बढेको छ ।अघिल्लो आ.वमा यस्तो प्रणाली बाट रु १३ अर्ब ८३ करोड २० लाख बराबरको कारोबार भएकामा गत आवमा १५ अर्ब ६३ करोड ८० लाख बराबरको भुत्तानी भएको देखिन्छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणानुसार अघिल्लो आ.वका आधारमा गत आ.वमा क्यूआर कोडमा आधारित भुक्तनीको प्रयोग उच्च दरले बढेको देखिन्छ ।