बैंकिङ्ग शिक्षा: बजेट घाटा के हो ?

बैंकिङ्ग शिक्षा: बजेट घाटा के हो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

सामान्यताः हामीले बजेट घाटा भन्ने शब्द धेरै सुनेका छौ । तर धेरैलाई ब्यापार घाटा बारे जानकारी भने छैन । सरकारको आम्दानीले धान्न नसक्ने खर्चको आकारलाई बजेट घाटा भनिन्छ । नेपालमा वैदेशिक अनुदान फिर्ता गर्नुनपर्ने भएकाले अनुदानलाई पनि राजस्वकै हिस्सा मान्छि । राजस्व र अनुदान बाहेक जति पनि स्रोत अपुग हुन्छ त्यो नै बजेट घाटा हो । 

सरकारले यस्तो घाटालाई वैदेशिक र आन्तरिक ऋणबाट पूर्ती गर्दछ । विकास निमार्णलाई निरन्तरता दिनको लागि सरकारले विभिन्न दातृ निकाय राष्ट्रबाट ऋण लिएर विकासको कामलाई निरन्तरता दिने गर्दछ । यी नै मान्यताको आधारमा संसारभरिका सरकारले घाटाको बजेट बनाउने गर्दछ । यो एक प्रकारको नियम नै हो । तर, कुल गार्हस्थ उत्पादनको ५ प्रतिशतभन्दा बढी घाटा हुने गरी बजेट बनाउनाले अर्थतन्त्रमा भने राम्रो मानिदैन । 

सरकारले आर्थिक बर्ष २०७९÷८० को कुल बजेट १७ खर्ब ९३ अर्बको बजेट ल्याएको छ । जसमा सरकारले १२ खर्ब ४० अर्ब र अनुदानबाट व्यहोर्दा पनि ४ खर्ब ९३ अर्बको स्रोत अपुग हुन्छ जसलाई बजेट घाटा भनिन्छ ।