मिटरब्याज विरुद्ध १८९७ उजुरी, २ जना पक्राउ 

मिटरब्याज विरुद्ध १८९७ उजुरी, २ जना पक्राउ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

चलनचल्तीको भन्दा कयौं  गुणा ब्याज पर्ने गरी रकम लेनदेन गर्नेको संख्या बढ्दै जादाँ समस्यामा पर्नैको संख्या पनि उत्तिकै बढ्दै गईरहेको छ । यही कारणले कति घरबार बिहिन भएका छन् भने कति त गाउँनै छोडेर भाग्नु पर्ने अवस्थामा पुगेका छन् । विशेष गरी मधेशका जिल्लाहरुमा यो समस्या ठुलो रुपमा देखा परिरहेको छ । 

मिटरब्याज पिडितले २१ दिन देखि माईती घरमा आन्दोलन गरिरहेका छन् । घरबार नै सकिदाँ पनि अझै ऋणको पासोमा परेकोले न्यायको लागि उनीहरु विभिन्न जिल्ला बाट काठमाडौं आएका हुन । तर सरकारले भने उनीहरुको माग लाई सम्बोदन गरेको छैन, मात्रै झारो टार्ने काम गरेको छ । सरकारले बनाएको मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलले मिटरब्याज पिडितको सुचना माग्दा १ हजार ८ सय ९७ निवेदन परेको छ । जसमा मधेशमा मात्रै मिटरब्याज पिडित २ लाख भन्दा बढी रहेको आन्दोलनकारीको आकलन रहेको छ । तर पनि हाल सम्म सरकारले केही लाई मात्रै पक्राउ गरेको छ । भने बार्की नामुद सुदखोरहरु (साहू) घर छोडेर भागेका छन् ।        

कानुनी रुपमा नै फसाएर ब्याजको नाममा अनधिकृत र गैर–कानुनी रुपमा असुली गर्नेलाई कानुनी कारवाही गर्न सरकार असमर्थ देखिएको छ । मुलुकी देवानी संहिता (२०७४)को दफा ४७८ को उपदफा २ मा अनुसार सयकडा १० प्रतिशत भन्दा बढी ब्याज लिन पाईदैन । कानुन अनुसार सो भन्दा बढी ब्याज लिए गैर–कानुन मानिन्छ । तर पनि गैर–कानुनी रुपमा नै सुदखोरहरुले धन्दा चलाईरहेका छन् । 

बैंकिङ्ग समाचारलाई प्राप्त विवरण अनुसार ५५ साहूकरसँग विभिन्न समयमा ३ करोड ७० लाख २ हजार रुपैंया ऋण लिएकोमा अधिकांशले टृष्टिबन्धक गरेका थिए भने, साहूलाई करिब १० करोड १५ लाख १६ हजार ३ सय उठाइसकेका छन् तैपनि टृष्टिबन्धक राखेको जग्गा फिर्ता भएन । अझै साहूकरहरुले १० करोड ८१ लाख ६१ हजार भन्दा बढी तिर्नु पर्ने भन्दै पिडितलाई दबाव दिएपछि संगठित हुदै न्यायको आशामा काठमाडौं आएका हुन् । तरपनि सरकारले हाल सम्म कुनैपनि साहूलाई पक्राउ गर्न नसकेको पिडित बताउँछन् । 

सरकारले के गरिरहेको छ ?

सरकारले पनि यस बिषयलाई गम्भिर रुपमा लिएको गृह मन्त्रालयले जनाएको छ । भदौ ६ गते गृहमन्त्री बालकृष्ण खाणले मिटरब्याज लिएर जनता ठग्नेहरुलाई सरकारले अनुसन्धानको प्राथमिकतामा राखेर छानबिन गर्ने जनाएको छ । 
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खाणले यस्तो बताएका हुन् । तर आन्दोलनकारी भने सरकारले सुदखोरलाई बचाई रहेको कारणले धर्ना लाई निरन्तरता दिने बताए । 
अधिकारकर्मी निर्ग नविन भन्छन्, ‘संघर्ष समितिले राखेको माग प्रति कुनै धारणा व्यक्त नगरी घर फर्किन अनुरोध गरियो । हामीले अस्वीकार गरेर आन्दोलनलाई निरन्तर रुपमा अगि बढाउने र सरकारले सुदखोरलाई जोगाउन तिर लागेकोले अझ आन्दोलनलाई अझै संशक्त बनाउँने’ बताए ।
सरकारले हाल सम्म २ जना सुदखोरलाई पक्राउ गरेको छ ।

कुन प्रदेशमा कति उजुरी 

प्रदेश   उजुरी संख्या 
प्रदेश १   ५२ 
मधेश प्रदेश      १३३०
बाग्मती   २०२
गण्डकी    ३५
लुम्बिनी २११
सुदुपश्चिम  ४५
कर्णाली  २२