मिटर ब्याजी साहुको रबैयाले पिडितहरु सडकमा, कछुवाको तालमा सरकारी निर्णय 

मिटर ब्याजी साहुको रबैयाले पिडितहरु सडकमा, कछुवाको तालमा सरकारी निर्णय 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी काठमाडौं ।

यतीबेला काठमाडौं स्थित माईतीघरमा मिटरब्याजी पिडितहरुले आन्दोलन गरिरहेका छन । नवलपरासी, सर्लाही, काठमाडौं, कैलाली लगायतका जिल्लाबाट आन्दोलनकै लागि काठमाडौं आएका उनीहरुको यो आन्दोलन १९ दिन पुरानो भइसकेको छ । तर सरकारले उनीहरुको माग सम्वोधन गर्न भने सकेको छैन ।  मिटर ब्याजीले मानसिक, शारिरिक तथा ज्यान मार्ने धम्की समेत दिएको आन्दोलनमा होमिएका पिडितहरु बताउँछन । 
यता अधिकारकर्मीहरुले उक्ता माग सम्बोधनको लागि सरकारसँग हारगुहार गरिरहेका छन । अधिकारकर्मी निर्ग नविनका अनुसार मिटरब्याजी साहुहरुले उनीहरुलाई हदैसम्मको मानसिक तथा शारिरिक तनाव सिर्जना गरेको बताउँछन । तर सरकारले भने हालसम्म पिडितहरुको आवाजलाई ध्यान नदिएको उनले बताए । 

हाल आन्दोलनमा ६५ जना भन्दा बढी सहभागी छन । एक आन्दोलनकारीका अनुसार किर्तिपुरमा अस्थाई टहरा निर्माण गरी बसोबासको व्यवस्था भएको छ ।
उनी भन्छन ‘खानाको लागि चन्दा समेत संकलन गरिएको छ । विभिन्न संघ–संस्थाहरुको सहयोगमा आजसम्म आन्दोलन चलिरहेको छ । अरु आन्दोलनकारी पनि थपिने क्रम जारी छ । सरकारले छिट्टै निर्णय नगर्ने हो भने हामी अर्काे चरणवद्ध आन्दोलन गर्नेछौं ।’ 

\"\"

आन्दोलनकारी विहान खाना खाएर किर्तिपुर बाट त्रिपुरेश्वरसम्म गाडीमा आउँछन् र नारा लगाउदै माईती घरमा रहेको धर्ना स्थलमा बस्छन् । दिनभरी सोही स्थानमा धर्ना दिई साझ ५ बजे किर्तिपुर नै फकिन्छन् । पिडितहरुमा केही युवा, वृद्ध छन भने कोही दुधे बालक च्यापेर धर्नामा बसेका छन । उनीहरुमध्ये अधिकांश पछिल्लो समय बिरामी पर्न लागेका छन् । ‘वृद्ध शरिर, दुधे बालक, शारिरिक रुपमा कमजोर भएकाहरु पनि आन्दोलनमा छन्, सुत्ने ठाउँको अवस्था राम्रो छैन, जसले गर्दा कमजोर स्वास्थ्य भएकाहरु विरामी पर्न लागेका छन्’ अधिकारकर्मी नविनले बताए । 

\"\"

यता गृह मन्त्रालयले भने पिडितहरुको तथ्याङ संकलन गर्नतर्फ त लागेको छ तर मिटरब्याजी साहुहरुलाई कारवाही गर्नतर्फ भने अग्रसर भएको पाइएको छैन । प्रहरीका अनुसार अधिकाश सुदखोर (साहू) हरु घर छोडेर भागेका छन् । साथै, पिडितहरुले तमसुक च्यात्ने, सुदखोरले पिडितको जमिन फिर्ता गन लगायतका कार्यहरु भने भइरहेको प्रहरी बताउँछ । हाल ५० भन्दा बढी सुदखोर रहेको पाइएको छ ।