महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ 

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

महोत्तरीका मिटरब्याजी अनिरुद्ध साह पक्राउ परेका छन् । लगानी लगाउने र चर्काे ब्याज असुल्नुको साथै, गरिबको जग्गा जमिन लिएर उठिबास गराउने मिटरब्याजी साहलाई आज उनकै घरबाट पक्राउ गरेको हो । 
उनलाई महात्तरी भंगाह नगरपालिका–५ मा रहेको घरबाट उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार सुदखोर साह विरुद्ध ठगी तथा अपराधी विश्वासघात कसुरमा कारबाही चलाईने जनाएको छ । साहले महोत्तरी, धनुषा, सर्लाही देखि झापा सम्म ऋण लगानी गरेको र मिटरब्याजी रुपमा ब्याज असुलेको पाईएको छ ।