आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश

आशिका तामाङलाई २० हजार धरौटीमा छाड्न आदेश


काठमाडौं -आशिका तामाङलाई भक्तपुर जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश गरेको छ। आपराधिक उपद्रव गर्न नहुने कसुरमा न्यायाधीश सन्तोष प्रसाद पराजुलीले तामाङलाई धरौटीमा छाड्ने आदेश गरेका हुन्। 

यसअघि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० हजार धरौटी तिरेर उनी रिहा भएकी थिइन् । प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा माघ २ गते पक्राउ परेकी तामाङ १० हजार धरौटीमा रिहा भए लगत्तै माघ १४ गते आपराधिक उपद्रवको कसुरमा जिल्ला प्रहरी परिसर भक्तपुरले नियन्त्रणमा लिएको थियो ।