आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले ल्यायो बजारमा लेपावर जेनसेट

आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले ल्यायो बजारमा लेपावर जेनसेट


काठमाडौं – अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट–जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ । बिहीबार आयोजित एक समारोहकाबीच लेपावर सार्वजनिक गरिएको हो ।

लेपावर जेनसेटको आधिकारिक वितरकको रूपमा आईएमई इलेक्ट्रिक रहेको छ । यस कम्पनीले देशमा बढ्दै गएको उर्जा मागलाई सम्बोधन गर्ने उद्देश्यका साथ नेपाली बजारमा सो गाडी ल्याएको जनाएको छ ।

सो अवसरमा अशोक लेल्यान्डका सार्क हेड अमिताभ श्री वास्तवले लेपावर जनेसेटले भारतीय बजारमा विस्तार भएसँगै नेपालमा पनि उपस्थिति बढाउने जनाए । यसैगरी आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले लेपावर जेनसेटका ग्राहकलाई विश्वसनीयता कायम राख्न अतुलनीय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरे ।