प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि आजको कार्यक्रम भर्चुअलबाट सम्बोधन गर्ने

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि आजको कार्यक्रम भर्चुअलबाट सम्बोधन गर्ने


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि आजका लागि तय भएको कार्यक्रम भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या देखिएपछि चिकित्सकले बाहिरफेर ननिस्कन भनेकाले आजका लागि निर्धारित सबै कार्यक्रम प्रधानमन्त्री निवास बालुवाटारबाटै भर्चुअल रूपमा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज प्रधानमन्त्री ओलीले बिहान ११ः१५ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम छ। यसैगरी तिनाउ गाउँपालिकाको प्रशासकीय भवन पनि आजै उद्घाटन गर्ने तय गरिएको छ। तिनाउको भवन प्रधानमन्त्रीले मध्यान्ह १२.१५ बजे उद्घाटनको तयारी गरिएको छ।

यसैगरी बहुचर्चित सिद्धार्थ राजमार्गको सिद्धबाबा सुरुंग मार्गको पनि आजै प्रधानमन्त्रीले उद्घाटन गर्नेछन् । सुरुंगमार्ग उद्घाटनको समय १२.५० मा तोकिएको छ। प्रधानमन्त्रीले आजै दिउसो १.१५ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बुटवल गोरुसिंगे सडकको शिलान्यास गर्ने भएका छन् । बुटवलको जीतगढीमा शिलान्यास कार्यक्रम राखिएको छ।