कुनै बेला नेपालमा नगदरहित आर्थिक प्रणालीको परिकल्पना आफैँमा एउटा सपना थियो । सन् २००९ मा बेटा भर्जन आएपछि सपना साकार हुने दिनको प्रतीक्षामा पुग्याे र आखिर त्यो दिन २५ जनवरी २०१० मा आयो । साे दिन नगदबाहेक पनि आर्थिक कारोबार हुन सक्छ भन्ने प्रमाणित पनि भयाे । नेपाली समाजमा डिजिटल वालेटको अवधारणा अनुसार काम गरेको यो १५ वर्षमा इसेवा अहिले देशव्यापी सञ्जाल बनाउँदै आर्थिक कारोबारको महत्त्वपूर्ण माध्यम बन्न सफल भएको छ अर्थात इसेवाले आफ्नो १६ वर्षको यात्रा तय पुरा गरेकाे छ ।
नेपालमा डेढ दशक अघिसम्म पनि आपसी लेनदेनमा भुक्तानी गर्ने मुख्य माध्यम नगद मात्र थियो । बैंकमा सीमित वर्गको पहुँच, भौगोलिक विकटता र सुरक्षा चुनौतीले गर्दा नगद कारोबार जोखिमयुक्त थियो । आम सर्वसाधारण हैरानी खप्न बाध्य थिए । त्यो, यस्तो समय थियो जतिबेला नेपालजस्तो विकासशील देशमा नगद कारोबारको कुनै अरु विकल्प हुन सक्छ भन्ने कसैले सोचेकै थिएन । नेपाली समाजमा व्यापार, व्यवसाय र वित्तीय सेवा माध्यम परम्परागत थियो ।
त्यस्तो अवस्थामा ‘डिजिटल वालेट’ को सोच आफैँमा अनौठो र उत्तिकै चुनौतीपूर्ण थियो । भौगोलिक विविधताका कारण केही दुर्गम क्षेत्रहरूमा इन्टरनेटको पहुँच नभएको र थुप्रै ठाउँहरूमा बढ्दो चोरी तथा लुटपाटको डर जस्ता कारणहरूले गर्दा नगदीय कारोबारमा पनि असहजता थियो । वित्तीय संस्थामा लामो लाइन बसेर गरिने आर्थिक गतिविधि आफैँमा अत्यासलाग्दो थियो ।
तर, इसेवाका संस्थापकहरूले यही समस्याभित्र अवसर देखे । चुनौतीसँग लड्दै नेपालको वित्तीय व्यवहारलाई डिजिटल युक्त बनाउन सक्छौँ भन्ने उनीहरूमा दृढ विश्वास उनीहरुमा थियो । परिणामस्वरूप इसेवाले नेपालमा सफलतापूर्वक डिजिटल वालेटको जग बसाल्यो । नेपालमा डिजिटल युगको सुरुवात पनि गर्याे । नेपालको नगदरहित अर्थतन्त्र निर्माणको बाटोमा नेतृत्वदायी भूमिका खेल्यो ।
‘लाइनबाट अनलाइन’ भुक्तानी गर्ने प्रणालीको विकासमा अतुलनीय योगदान पुर्यायो र पुर्याइरहेकै छ । आमजनताको विश्वास जित्नु र परम्परागत सोच परिवर्तन गर्नु चानचुने कुरा थिएन । नगदलाई डिजिटलाइजेसनमा ल्याएर डिजिटल भुक्तानी सेवा जनतामाझ पस्कनु हेर्दा सानो तर त्यस समयमा साहसी कदम थियो नै ।
हाल नेपाली समाजमा डिजिटल भुक्तानी गर्नु भनेको साधारण कुरा भइसकेको छ । यो सहजता एउटा अठोट, सङ्घर्ष र समर्पणले जन्मिएको हो । डिजिटल नेपालको दूर दृष्टिले देशलाई नयाँ युगतर्फ डोर्याएको छ, जहाँ प्रविधिको प्रयोगले विकास, समृद्धि र सम्भावनाको त्रिवेणी बगेको छ । अहिले हाम्रो हिमाल, पहाड र तराईसम्मका ७५३ सम्पूर्ण क्षेत्रमा इसेवाले प्रदान गरेको सेवाले आर्थिक कारोबार सहज बनाएको छ । विस्तारै नगद व्यवहार एकादेशको कथा बन्नेछ ।
एक पटक फेरि पछाडि फर्कनुपर्ने हुन्छ । सन् २००९ मा बेटा भर्जनबाट सुरु गरेको इसेवा डेक्सटप कम्प्युटर माध्यमबाट मात्र चलाउन मिल्ने अवस्थाबाट सुरुमा बजारमा रिचार्ज कार्ड सहजै नपाइने अवस्था थियो । नेपाल टेलिकम पनि इलेकट्रोनिक्स रिचार्ज सिस्टममा गइसकेको थिएन । इसेवाले टेलिकममा गएर रिचार्ज कार्ड ल्याएर पिन नम्बर हातले कोट्याएर आफ्नो सिस्टममा राखेर डिजिटल माध्यमबाट रिचार्ज बेच्ने गर्दथ्यो ।
त्यसपछि, नेपाल टेलिकमले इलेकट्रोनिक्स रिचार्ज सिस्टम बनाएपछि मात्र इलेकट्रोनिक्स पिन उपलब्ध गराउन थालेको हो । सुरुमा रिचार्ज कार्ड घोटेर सिस्टममा पिन राख्नका लागि पनि दर्जनौँ कर्मचारी राख्नु परेको थियो । तर, अहिले अत्याधुनिक प्रविधिले रियल टाइममै टपअप तथा बिल भुक्तानी गर्न सकिन्छ । सन् २०१० मा आधिकारिक रूपमा सेवा सुरु गरेको इसेवा सन् २०१२ सम्म एफवान सफ्टको एउटा प्रोडक्ट थियो ।
तर, सन् २०१२ देखि भने इसेवा छुट्टै कम्पनीका रूपमा स्थापना भएर सेवा दिँदै आएको छ । यसै वर्ष इसेवाले एजेन्ट नेटवर्क पनि सुरु गर्यो । इसेवाको पहिलो आधिकारिक मर्चेन्ट बुद्ध एयर हो । अहिले बुद्ध एयरलगायत अन्य सबै एयरलाइन्सको टिकट सेवामार्फत लिन सकिन्छ । हरेक दिन हजारौं सेवाग्राहीले सेवामार्फत आफूले रोजेको एयरलाइन्सको टिकट लिएर आफ्नो गन्तव्यमा पुग्ने गर्दछन् ।
नेपालको डिजिटल रूपान्तरणको लक्ष्य लिएको इसेवाले सन् २०१३ मा ‘बेस्ट टेक्नोलोजी इनोभेसन अवार्ड’ समेत प्राप्त ग¥यो । यो हाम्रा लागि हौसलाको प्रस्थानविन्दु थियो । सन् २०१७ मा नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा इजाजत पत्र प्राप्त इसेवाको औचित्यलाई कोभिड–१९ को महामारीले थप स्थापित गर्यो । त्यो लकडाउनको समय थियो । इसेवाका लाखौं प्रयोगकर्ताले अनलाइन भुक्तानी र इ–ट्रान्जेक्सनलाई अङ्गीकार गर्न थालिसकेका थिए ।
नगदको सट्टा मोबाइल फोनमार्फत भुक्तानी गर्न सहज भइसकेको थियो । उक्त महामारीमा डिजिटल वालेटको प्रयोगले नगद कारोबारबाट बढ्न सक्ने कोभिड-१९ सङ्क्रमणको रोकथाममा समेत धेरै हदसम्म मद्दत पुगेको थियो । इसेवाले नेपालको आर्थिक र सामाजिक परिवर्तनमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । यसले वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्दै लाखौँ सर्वसाधारणलाई डिजिटल वित्तीय सेवाहरुमा पहुँच प्रदान गर्दै आएको छ ।
साथै, यसले लाखौँ साना तथा मझौला उद्यमीलाई डिजिटल भुक्तानी प्रणाली अपनाउन सक्षम बनाई आर्थिक वृद्धिमा समेत टेवा पुर्याउँदै आएको छ । यसले सरकारी तथा स्वास्थ्य सेवाहरूका साथै दैनिक उपभोग्य भुक्तानीलाई समेत सहज बनाएर सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाएको छ । इसेवाको सफलताको मुख्य आधार भनेको नै नयाँ प्रविधि तथा सेवाहरूको विस्तार र जनताले यो सेवाप्रति देखाएको विश्वास हो ।
नगदरहित नेपालको परिकल्पनाका साथ इसेवाको सुरुवात भएता पनि यसले समयसँगै अन्य सुविधाहरू थप गर्दै जनजीवनलाई सहज बनाउनुका साथै आर्थिक समावेशीकरणमा टेवा पुर्याएको छ । विगतमा दुर्गम क्षेत्रमा बसेर सेयरमा लगानी गर्ने, बिमा खरिद गर्ने जस्ता कार्य चुनौतीपूर्ण थियो । तर, अहिले इसेवा उपयोगले यी कार्यहरू सरल भएका छन् ।
मोबाइल टपअपबाट सुरु भएको इसेवाबाट अहिले नेपालको जुनसुकै कुनामा बसेर पनि सजिलै आर्थिक व्यवहार गर्न सकिएको छ । इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, रिचार्ज, हवाई जहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, होटेल बुकिङ, सेयर तथा डिम्याट खाता नवीकरण, ब्लूबुक नवीकरण, बिमालगायत २ हजारभन्दा बढी सेवाहरूको शुल्क भुक्तानी, इजी लोन, इस्पिकर, मर्चेन्ट लिङ्क सुविधा दिँदै आएको छ ।
इसेवाले आफ्ना सेवाग्राहीलाई प्रत्यक्ष रूपमा सहज जीवनशैली प्रदान गर्नुका साथै नेपालको जलवायुमा समेत उल्लेखनीय योगदान पुर्याएको छ । हामीले दैनिक रूपमा नगद कारोबार गर्दा ठुलो मात्रामा कागजको प्रयोग हुने गर्दछ । तर, अनलाइन भुक्तानीमार्फत इसेवाले अहिलेसम्म लगभग ३,७२,३४० किलो कागज बचाएको छ । कुल ७,८०९,६९८.७२६ किलो CO2e कार्बन घटाउन मद्दत गरेको छ । नेपालमा लगभग १० लाख जनताले नेपाल विद्युत् प्राधिकरणको बिल भुक्तानी सेवामार्फत गर्दै आएका छन्, जसले उपभोक्ताको समयको बचतका साथै १० लाख वटा रसिद छपाइमा प्रयोग हुने कागज, मसी र इन्धनको समेत बचत भएको छ । यो आफैँमा आश्चर्यलाग्दो परिवर्तन हो ।
कस्तो छ, आजको इसेवा ?
चार जना कर्मचारीबाट सुरु भएको इसेवाले हाल ४ सय ५० भन्दा बढी व्यक्तिलाई रोजगारी प्रदान गर्न सफल भएको छ । मोबाइल टपअपबाट सेवा सुरु गरेको इसेवाले अहिले २ हजारभन्दा बढी सेवाहरूको सुविधा दिँदै आएको छ । त्यति मात्र नभई नेपालमा नै पहिलो पटक सेवाग्राहीद्वारा निर्देशनअनुसार सीमित विद्युतीय कारोबार गर्न सक्ने एआई च्याटबट इभिएका (AI Chatbot) का साथै एजेन्टहरूलाई प्रवाह गरेको इजी लोन सेवाबाट नेपालको डिजिटल भुक्तानीमा नयाँ आयामको सुरुवात भएको छ । इसेवामा हाल ४९ वटा बैंक तथा वित्तीय संस्था साझेदार छन्, यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पनि पठाउन सकिन्छ । इसेवाका २ लाख ६८ हजारभन्दा बढी एजेन्ट रहेका छन् ।
यस्तो हुनेछ, भविष्यको इसेवा
भुक्तानी प्रदायक कम्पनीका रूपमा प्रख्यात इसेवाले आगामी दिनमा आफ्ना सेवाहरू विस्तार गर्ने योजना बनाउँदै छ । आगामी दिनमा भुक्तानी मात्र नभई बचत तथा लगानीका योजना ल्याएर सेवाग्राहीको आर्थिक अवस्था वृद्धि गर्ने लक्ष्य लिएको छ । बचत गर्ने सुविधाले सेवाग्राहीलाई प्रोत्साहन मिल्ने छ । आफ्ना सेवाग्राहीको आर्थिक उत्थानका लागि म्युचुअल फण्ड तथा लगानीका विविध योजना पनि ल्याउने लक्ष्यमा दत्तचित्त भएर काम गरिरहेको छ, इसेवाले । अहिले मर्चेन्टहरूलाई मात्र प्रदान गर्दै आएको इजीलोन योजना आगामी दिनमा आफ्ना सम्पूर्ण सेवाग्राहीका लागि उपलब्ध गराउने समेत इसेवाको लक्ष्य छ । यी नयाँ सेवाले सेवाग्राहीलाई थप सुविधाजनक र सुरक्षित वित्तीय सेवाहरू प्रदान गर्ने निश्चित छ ।
डिजिटल भुक्तानीको सुरक्षामा पनि इसेवा उत्तिकै संवेदनशील र सतर्क छ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग गरी ठगी र सन्दिग्ध गतिविधि पत्ता लगाउने प्रणाली लागू गर्ने बाटोमा हामी छौँ । यसमा हामीले अझै अत्याधुनिक प्रविधि प्रयोग गरेर ‘खर्च गर्ने’,‘बचत गर्ने’ र ‘आय वृद्धि गर्ने’ यात्रातर्फ हाम्रा उपभोक्तासँग हातेमालो गर्दै अगाडि बढ्न चाहन्छौँ । यसले इसेवा प्रयोगकर्तालाई डिजिटल वालेटमार्फत बचत योजना र लगानीका अवसरहरू उपलब्ध गराएर वित्तीय स्वतन्त्रता प्रदान गर्दछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।
इसेवालाई अझै विश्वासिलो,उपयोगी र समावेशी वित्तीय सेवा प्रदायकका रूपमा स्थापित गर्ने हाम्रो कार्य योजना हो । किनकि, बिर्सनै नसकिने कुरा के हो भने इसेवा ‘सबैका लागि सधैँ र सँगै अर्थतन्त्रको लागि’ भन्ने सिद्धान्तमा विश्वास गर्दछ । यसले आफ्नो सेवा सबै वर्ग, समुदाय र क्षेत्रका मानिसलाई समेट्न केन्द्रित छ,जसले नेपालको हरेक भूगोलमा आर्थिक समृद्धि ल्याउन योगदान पुर्याउँछ ।
आफ्ना सेवाग्राहीको आर्थिक उत्थानमा टेवा पुर्याउने कुरामा समेत इसेवाले कुनै कसर बाँकी राख्ने छैन । किनकि, प्रयोगकर्ताका लागि इसेवा अब केवल डिजिटल वालेट मात्र होइन, सहज जीवनशैली बाँच्न सिकाउने आर्थिक सहयात्री पनि हो । अर्थात् इसेवाको प्रयोग एउटा असल वित्तीय बानी पनि हो ।
प्रतिक्रिया